पासवर्ड राखेर बालेन्द्रले मात्रै चढ्ने महानगरको लिफ्ट सबैका लागि खुल्यो « Khabarhub

पासवर्ड राखेर बालेन्द्रले मात्रै चढ्ने महानगरको लिफ्ट सबैका लागि खुल्यो


२० माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


873
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र साहले मात्रै चढ्ने गरेको लिफ्ट आइतबारदेखि सबै कर्मचारुी र सेवाग्राहीका लागि खुलाइएको छ।

महानगरकी कार्यवाहक मेयर सुनिता डंगोलको निर्देशनमा महानगरमा रहेको एउटा लिफ्ट सेवाग्राहीका लागि खुला गरिएको महानगरका प्रवक्ता नवीन मानन्धरले बताएका छन् ।

कमलादीस्थित भाडाको भवनमा जडान गरिएको लिफ्ट महानगरमा मेयर हुन्जेल पासवर्ड लगाएर बालेन्द्र र उनको सचिवालयका सदस्यले मात्रै चढ्ने गरेका थिए । यो लिफ्ट २०८१ साउनमा जोडिएको थियो ।

उक्त महानगर कार्यालयको पार्किङ एरियामा जडान गरिएको थियो । उक्त लिफ्ट प्रयोग गर्न अरूलाई निषेध भएको अवस्थमा माघ पहिलो साता बालेन्द्र महानगरबाट बिदा भएपछि सबैका लागि खुलाइएको हो ।

महानगरपालिकाको कमलादीस्थित कार्यालयको पार्किङ एरियामा रहेका दुईवटा लिफ्टमध्ये यसअघि एउटा मात्रै सेवाग्राहीका लागि सञ्चालित थियो । अर्को लिफ्टमा भने नगर प्रहरी नै तैनाथ गराएर राखिने गरिएको थियो ।

कमलादीस्थित महानगरका दुई भवनमध्ये एकातर्फ मेयर, उपमेयर, प्रशासकीय अधिकृत र वातावरण विभागको कार्यालय छ । अर्कोमा अन्य शाखा, महाशाखाहरू राखिएका छन् ।

पासवर्ड नै राखेर बालेनले मात्रै एउटा लिफ्ट चलाउने गरेको पाइएपछि एक समय त्यसको आलोचना पनि भएको थियो । बालेनले आफूसम्म कर्मचारी र सेवाग्राही आमनेसामने नहुन् भन्ने धेयले उक्त लिफ्टमा पासवर्ड राखेर सिधै पाँचौँ तलामा पुग्ने गरी व्यवस्था गरेका थिए ।

त्यसरी अलग्गै लिफ्टबाट जाँदा उनलाई महानगरका कर्मचारी र सेवाग्राही कसैले पनि देख्न पाउँदैन थिए । तर अब उनी बिदा भएसँगै उक्त लिफ्ट सबैका लागि खुलाइएको हो ।

प्रकाशित मिति : २० माघ २०८२, मंगलबार  २ : ४२ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको