अमेरिकी संसद्मा सरकारी कामकाज ठप्प अन्त्यका लागि मतदान हुने « Khabarhub

अमेरिकी संसद्मा सरकारी कामकाज ठप्प अन्त्यका लागि मतदान हुने


२० माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी कंग्रेसले सरकारी कामकाज ठप्प अन्त्य गर्न खर्च विधेयकमाथि मङ्गलबार मतदान गर्ने तयारी गरेको छ । सोमबार राति हाउस रुल्स कमिटीले सिनेटबाट पारित खर्च प्याकेजलाई पूर्ण सदनमा पेश गर्ने निर्णय गरेपछि मतदानको बाटो खुलेको हो ।

सङ्घीय अध्यागमन एजेन्टहरूको कारबाहीका कारण उत्पन्न विवादले खर्चसम्बन्धी वार्ता अवरुद्ध भएको थियो । विशेषगरी मिनियापोलिसमा दुई अमेरिकी नागरिकको मृत्यु भएपछि डेमोक्रेटिक आक्रोश बढ्दा गृह मन्त्रालयका लागि नयाँ कोषको विषय अझ जटिल बनेको थियो ।

यसअघि सिनेटले सेप्टेम्बरसम्म अधिकांश सङ्घीय एजेन्सी सञ्चालनका लागि अझै पास हुन बाँकी रहेका पाँचवटा कोष विधेयक पारित गरेको थियो । साथै अध्यागमन नीतिमा थप छलफल गर्न डिएचएस सञ्चालनका लागि दुई हप्ताको अस्थायी उपाय पनि स्वीकृत गरिएको थियो ।

सरकारी कामकाज ठप्पले गैर–आवश्यक सङ्घीय सेवाका लागि कोष रोक्का हुने, सेवाहरू बन्द हुने र कर्मचारीहरू बेतलबी बिदामा बस्नुपर्ने अवस्था सिर्जना गर्दछ ।

अध्यागमन प्रवर्तनका विषयमा केही सांसदले असन्तुष्टि जनाए पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारी कामकाज ठप्प अन्त्य गर्न खर्च विधेयक तत्काल पारित गर्न दबाब दिँदै आएका छन् । उनले सामाजिक सञ्जालमार्फत अहिले कानूनमा परिवर्तन सम्भव नभएको भन्दै शीघ्र अनुमोदनको आह्वान गरेका थिए ।

डेमोक्रेटहरूले खर्च विधेयक पारित हुनु अघि अध्यागमन एजेन्टहरूको कार्यशैलीमा सुधारको माग गरेका छन् । गत महिना मिनियापोलिसमा दुई नागरिकको मृत्यु भएपछि यस विषयमा राष्ट्रिय स्तरमै आलोचना चर्किएको थियो ।

यसै सन्दर्भमा गृहमन्त्री क्रिस्टी नोमले सङ्घीय एजेन्टहरूले तत्काल शरीर क्यामेरा प्रयोग गर्ने घोषणा गरेका छन्, जसलाई पछि देशभर विस्तार गरिने बताइएको छ ।

राजनीतिक रूपमा संवेदनशील वार्ताका बीच सदनका सभामुख माइक जोनसनले सम्झौता नजिक पुगेको विश्वास व्यक्त गरे । तर रिपब्लिकन पक्षको साँघुरो बहुमतका कारण खर्च विधेयक पारित गर्न डेमोक्रेटिक मतमा भर पर्नुपर्ने सम्भावना पनि देखिएको छ ।

यदि सदनले सिनेटको सम्झौता अनुमोदन गरेमा सांसदहरूसँग डिएचएसको पूर्ण वर्षको कोष विधेयकमा सहमति जुटाउन दुई हप्ता मात्र समय रहनेछ ।

प्रकाशित मिति : २० माघ २०८२, मंगलबार  २ : ५४ बजे

तिला गाउँपालिकाद्वरा ठेक्काबाट १२ योजना निर्माण गर्दै

जुम्ला– जुम्लाको तिलागाउँपालिकाले चालु आर्थिक वर्षमा ठूला विकासे योजना कार्यान्वयनलाई

चर्चित कृतिमा सिनेमा : महाकविको ‘मुनामदन’देखि बीपीको ‘तीनघुम्ती’ ठूलो पर्दामा

काठमाडौँ – नेपाली सिने जगतमा अधिकतर फिल्म काल्पनिक कथामै बन्ने

कैलालीका एक युवाबाट श्रीमतीको गोली हानी हत्या

सुदूरपश्चिम– कैलालीको गोदावरी नगरपालिका–४ अमेलेशैनी गाउँका ३१ वर्षीय रामबहादुर मगरले

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–६ रायखोर र कोटगाउँमा बास्केटबल ‘कोर्ट’ निर्माण भएको

इरानको ग्यास क्षेत्र ध्वस्त पारिदिने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको विशाल प्राकृतिक ग्यास