डेब्यू फिल्म ‘कुमारी’ रिलिज नहुँदै अबिषेकले साइन गरे ‘श्रीनिवास, हरिवंशसँग स्क्रिन सेयर गर्दै « Khabarhub

डेब्यू फिल्म ‘कुमारी’ रिलिज नहुँदै अबिषेकले साइन गरे ‘श्रीनिवास, हरिवंशसँग स्क्रिन सेयर गर्दै


२० माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘कुमारी’बाट लिड नायकमा डेब्यू गरेका अबिषेक खड्काले अर्को फिल्म साइन गरेका छन् । डेब्यू फिल्म प्रदर्शन नआउँदै उनी ‘श्रिनिवास’मा अनुबन्ध भएका हुन् ।

गत दशैँमा प्रदर्शनमा आएको फिल्म ‘हरिबहादुरको जुत्ता’ टिमले मंगलबार ‘श्रिनिवास’ बनाउने घोषणा गरेको हो । जसको शीर्ष भुमिकामा अबिषेक र वरिष्ठ कलाकार हरिवंश आचार्य रहने बताइएको छ ।

दोस्रो फिल्ममा नै अबिषेकले हरिवंश जस्ता अनुभवी कलाकारसँग स्क्रिन सेयर गर्न लागेका हुन् । अबिषेको ‘कुमारी’ माघ २३ बाट प्रदर्शनमा आउँदै छ ।

निर्माण पक्षका अनुसार यस फिल्मको नायिका फाइनल हुन बाँकी छ ।

सरोज ओली र मोहितवंश आचार्यले फिल्म ‘श्रिनिवास’ निर्माण गर्न लागेका हुन् । एसएम मोसन पिक्चर्सको ब्यानरमा बन्ने यस फिल्मको निर्देशक साजन काफ्ले र आकाश बराल हुन् ।

साजन र आकाशले फिल्म ‘बेहुली फ्रम मेघौली’बाट निर्देशनमा हात हालेका थिए । यो फिल्मको लेखक अभिमन्यु निरावी हुन् ।

प्रकाशित मिति : २० माघ २०८२, मंगलबार  ३ : ०५ बजे

रियादतर्फ प्रहार गरिएको ब्यालेस्टिक मिसाइल साउदीले निष्क्रिय पार्‍यो

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको ब्यालेस्टिक

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन

पेरिस– गत साता भएका प्रदर्शनका क्रममा वर्षौँयताकै गम्भीर सहरी हिंसा

सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको शव भेटियो

मनाङ– गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव

जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

 काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले

आईसीयू नहुँदा राप्ती प्रादेशिक अस्पतालका गम्भीर बिरामी जिल्ला बाहिर रेफर

तुलसीपुर– दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष (आईसीयू)