वर्षमानसँग मतदाताले राखे यस्ता माग  « Khabarhub

वर्षमानसँग मतदाताले राखे यस्ता माग 


२० माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

रोल्पा– नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन गृहजिल्ला रोल्पामा घरदैलो कार्यक्रममा व्यस्त छन् । एक मात्र संघीय निर्वाचन क्षेत्र रहेको रोल्पामा पुन उम्मेदवार छन् । 

माओवादी सशस्त्र संघर्षको उद्गमथलो रोल्पाबाट उनी ०७४ र ०७९ को निर्वाचनमा तत्कालीन माओवादी केन्द्रबाट प्रतिनिधिसभामा निर्वाचित भए । पुन आगामी २१ फागुनमा हुने निर्वाचनमा तेस्रोपटक उम्मेदवार छन् । ०७९ को निर्वाचनको पूर्वसन्ध्यामा जण्डिशबाट थलिएका उनले मतदाताको घरघर पुगेर भोट माग्न पाएनन् । 

यसपटक भने जिल्लाका सबै वडामा पुग्ने लक्ष्य रहेको पुनले बताए । एक नगरपालिका र ९ गाउँपालिका गरी १० स्थानीय तह रहेको रोल्पामा ७२ वडा छन् ।

‘यसअघिको चुनावमा बिरामी थिएँ । स्वास्थ्य समस्याले सबैतिर पुग्न सम्भव भएन’, पुनले भने, ‘योपटक सबै वडामा पुग्छु । मतदातासँग प्रत्यक्ष साक्षत्कार गर्छु र सुझावहरु लिन्छु ।’

सोमबार रुण्टीगढी गाउँपालिकाका सबै ९ वटा वडा घुमेर भ्याएका पुनले मंगलबार त्रिवेणी गाउँपालिकाका सातै वडामा दरदैलो गरे । घरदैलोका क्रममा मतदाताले सामान्यभन्दा सामान्य माग राखेको पुन बताउँछन् । विकास निर्माणसँग सम्बन्धित सुझावहरु धेरै आएको उनले बताए ।

 ‘मतदाताका माग स्वास्थ्य, शिक्षा, सडक, विद्युत, खानेपानी र सञ्चारसँग सम्बन्धित धेरै छन्’, उनले भने ।

मतदाताले पहिलाको तुलनामा जिल्लामा भौतिक पूर्वाधारको विकास धेरै भए पनि पर्याप्त नभएको विषयमा ध्यानाकर्षण गराएको पुनले उल्लेख गरे ।

कतिपय मातदाताले चालु आयोजनामा निर्माण व्यवसायीबाट हुने गरेका ढिलासुस्ती, आयोजनाको गुणस्तर तथा सरकारी निकायको फितलो अनुगमनजस्ता विषयमा जनप्रतिनिधिको रुपमा थप भूमिका खेलिदिन सुझाव दिएका छन् । 

राजनीतिक रुपमा सचेत आफ्ना मतदाता सांसदको विधायकी कामबारे स्पष्ट रहे पनि जनप्रतिनिधिका रुपमा विकास निर्माणका काममा पुलको भूमिका खेल्नुपर्ने सुझाव आउने र त्यसलाई उम्मेदवारहरूले स्वीकार गर्नुपर्ने तर्क पुनको छ ।

 ‘सांसदले मेरो भूमिका कानून बनाउने हो, विकास निर्माण गर्ने होइन भनेर पन्छिन सक्ने वा मिल्ने अवस्था छैन्’, उनी भन्छन्,, ‘एउटा सांसद मतदाताको प्रतिनिधि हो, विकासे एजेण्ट पनि हो अभिभावक पनि हो र सेवक पनि हो ।’ 

विकास माग्ने मतदातालाई पुनले विगतदेखि नै जिल्लाको विकासमा भूमिका खेलेको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाउने गरेका छन् । 

सांसद मात्र हुँदा वा मन्त्रीको भूमिकामा रहँदा जिल्लाको समग्र विकासमा अधिकतम प्रयत्न गरेको र आगामी दिनमा पनि मतदाताको सुख, दुःखमा सँगै रहने पुनको प्रतिबद्धता छ । 

प्रकाशित मिति : २० माघ २०८२, मंगलबार  ५ : ०२ बजे

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी– पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको छैन

सामाजिक सञ्जाल विधेयक संसद्‍बाट फिर्ता लिने सरकारको निर्णय

काठमाडौं– सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संघीय संसदबाट फिर्ता लिने निर्णय

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेसले खटायो सातै प्रदेशमा प्रतिनिधि

काठमाडौं– नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा प्रतिनिधि

नेप्से पुनर्संरचना प्रतिवेदन : रणनीतिक साझेदार भित्र्याउन र सरकारी स्वामित्व घटाउन सुझाव

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई एक स्वायत्त, पारदर्शी र

इरानमा सरकार विरोध प्रदर्शन जारी, प्रदर्शनमा संलग्न १४० विदेशी पक्राउ

एजेन्सी– इरानमा जारी सरकार विरोधी प्रदर्शनका क्रममा इरानी अधिकारीहरूले देशको