नेप्से पुनर्संरचना प्रतिवेदन : रणनीतिक साझेदार भित्र्याउन र सरकारी स्वामित्व घटाउन सुझाव « Khabarhub

नेप्से पुनर्संरचना प्रतिवेदन : रणनीतिक साझेदार भित्र्याउन र सरकारी स्वामित्व घटाउन सुझाव


२० माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई एक स्वायत्त, पारदर्शी र प्रतिस्पर्धी संस्थाका रूपमा रूपान्तरण गर्न गठित नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको पुनर्संरचना सम्बन्धी सुझाव समिति, २०८२ ले आफ्नो अध्ययन प्रतिवेदन सरकारलाई बुझाएको छ ।
 
समितिको प्रतिवेदनले नेप्सेको पुँजी वृद्धि, स्वामित्व संरचनामा परिवर्तन र प्रविधि सुधारका लागि ठोस खाका प्रस्तुत गरेको छ ।

चुक्ता पुँजी ३ अर्ब पुर्‍याउन प्रस्ताव

प्रतिवेदनले नेप्सेको हालको १ अर्ब रुपैयाँ चुक्ता पुँजीलाई वृद्धि गरी ३ अर्ब रुपैयाँ पुर्‍याउन सुझाव दिएको छ । यसका लागि हाललाई बोनस सेयर जारी गर्ने विकल्प उपयुक्त हुने समितिले जनाएको छ ।
 
नेप्सेको विकास र विस्तारका लागि थप लगानी आवश्यक पर्ने भएकाले पुँजी वृद्धि अनिवार्य देखिएको प्रतिवेदनमा उल्लेख छ ।

समितिले नेप्सेमा वैदेशिक रणनीतिक साझेदार भित्र्याउनुपर्नेमा जोड दिएको छ । विश्वका शीर्ष २० स्टक एक्सचेञ्जमध्येबाट १५ देखि २५ प्रतिशतसम्म स्वामित्व दिने गरी योग्य साझेदार ल्याउनुपर्ने सुझाव दिइएको छ ।

हाल नेप्सेमा ५८.६६ प्रतिशत सरकारी स्वामित्व रहेकोमा त्यसलाई क्रमशः घटाउँदै लैजानुपर्ने र निजी क्षेत्र तथा सर्वसाधारणको सहभागिता बढाउनुपर्ने प्रतिवेदनको निष्कर्ष छ ।

बजारलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार चलाउन हालको कारोबार प्रणालीमा व्यापक सुधार वा विस्थापन गरी अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधि जडान गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

नयाँ प्रविधि मार्फत इन्ट्रा-डे ट्रेडिङ, सर्ट सेलिङ, र डेरिभेटिभ्स जस्ता सेवाहरू उपलब्ध गराउनुपर्ने समितिले जनाएको छ । साथै, साना तथा मझौला उद्योगका लागि एसएमई प्लेटफर्म र नवप्रवर्तनका लागि स्टार्टअप प्लेटफर्म सञ्चालन गर्नुपर्ने सुझाव दिइएको छ ।

प्रतिवेदनमा संस्थागत सुशासन सुधारका लागि सञ्चालक समितिमा स्वतन्त्र विज्ञ सञ्चालकहरूको बाहुल्यता हुनुपर्ने प्रस्ताव गरिएको छ ।

हाल सञ्चालक समितिमा सरकारी निकायको बाहुल्यता रहेकाले त्यसलाई परिवर्तन गरी व्यावसायिक बनाउनुपर्ने र प्रमुख कार्यकारी अधिकृतको नियुक्ति सञ्चालक समितिबाटै हुने व्यवस्था गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

साथै, दोस्रो बजारलाई थप सुरक्षित र विश्वसनीय बनाउन सेन्ट्रल काउन्टरपार्टी र अक्सन मार्केट स्थापना गर्नुपर्ने सुझाव दिइएको छ । साथै, नेप्सेको सहायक कम्पनी सीडीएससीको पनि पुँजी, प्रविधि र संरचनामा पुनर्संरचना गर्नुपर्ने आवश्यकता प्रतिवेदनले औँल्याएको छ ।

प्रकाशित मिति : २० माघ २०८२, मंगलबार  ६ : २० बजे

नेपाली कांग्रेस इतर समूहको बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको १४औँ

आज यी भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सीमा तस्करी रोक्न गृहमन्त्रीको निर्देशन : भन्सार प्रणाली सुधार्न र दर पुनरावलोकन गर्न सांसदको सुझाव

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले मधेश र लुम्बिनी प्रदेशका सांसदसँग

रास्वपा सचिवालय बैठक बस्दै : के छन् एजेन्डा ?

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांगठनिक र संरचनागत

इटहरी गोल्डकपः प्लानिङ ब्वाइज फाइनलमा

धरान : प्लानिङ ब्वाइज काठमाडौँ १६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण रेडबुल