रवि भन्छन् : दुईतिहाइको सरकारले मविरुद्ध विष हाल्यो, अब सिंहदरबार बदल्छु « Khabarhub

रवि भन्छन् : दुईतिहाइको सरकारले मविरुद्ध विष हाल्यो, अब सिंहदरबार बदल्छु


२० माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले केपी शर्मा ओली नेतृत्वको दुईतिहाइ सरकारले आफूविरुद्ध ‘विष हालेको’ आरोप लगाएका छन् ।

मंगलबार सामाजिक सञ्जालमा लामो पोस्ट लेख्दै उनले यस्तो बताएका हुन् । ‘दुईतिहाइ सरकारले मविरुद्ध ‘विष हालेको’ थियो । त्यहीकारण देशभरका अदालत धाउँदै जनतासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिँदैछु’, उनी भन्छन्, ‘म सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न माग्दैछु ।’

उनले एकाध पुल, भवन र सडकको प्रचारलाई ‘कस्मेटिक सुधार’ भन्दै त्यसमा आफ्नो रुचि नरहेको बताएका छन्। कुशासनको केन्द्र बनेको सिंहदरबारबाटै ‘निलो क्रान्ति’ सुरू गर्न स्पष्ट जनादेश आवश्यक रहेको उनले बताए ।

सामाजिक सञ्जाल फेसबुकमार्फत लामो सन्देश सार्वजनिक गर्दै उनले अब देशमा हुने घटनाहरू इतिहासका रूपमा दर्ज हुने दाबी गरेका छन्।

उनले परिवर्तनको इतिहास नेपाली जनताले आफ्नै मतपत्रमार्फत लेख्ने जिकिर गरेका छन्। अवस्थिरताको जरा नउखेलिँदासम्म कुनै परिवर्तन सम्भव नरहेको उल्लेख गर्दै उनले देशको भविष्य बदल्ने संघर्षका लागि थप त्याग र कठोर तपस्याका लागि तयार रहेको बताएका छन्।

आफ्नो नाम इतिहासमा कहाँ लेखिन्छ भन्नेभन्दा पनि देशका सन्ततिको भविष्य सुरक्षित गर्नु मुख्य उद्देश्य भएको उनले स्पष्ट पारेका छन्।

रास्वपामाथि लाग्दै आएका आरोपप्रति प्रतिक्रिया जनाउँदै उनले पार्टीसँग स्पष्ट विचार, नीति र सिद्धान्त रहेको दाबी गरेका छन्। ‘भारी शब्द प्रयोग गरेर राजनीतिलाई जटिल बनाउन जरुरी छैन,’ उनले लेखेका छन्।

प्रकाशित मिति : २० माघ २०८२, मंगलबार  ६ : ४९ बजे

‘कमेडी दरबार’: हिमेश-उत्सव निक्लिए, सन्तोष-जिम्बा थपिए

काठमाडौं – बिक्की अग्रवालको ‘कमेडी दरबार’ तेस्रो सिजनमा आइपुग्दा जज

सडक क्षेत्रका अवैध संरचना हटाइँदै नेपालगञ्ज उपमहानगरपालिका

नेपालगञ्ज– नेपालगञ्जको मुख्य सडक क्षेत्रमा फुटपाथ निर्माण गर्न अवैध रूपमा निर्माण

वर्षाले गहुँबाली भिजाउँदा किसान चिन्तित

कञ्चनपुर– आज दिउँसोदेखि परेको वर्षाले कञ्चनपुरका किसान प्रभावित भएका छन्

शान्ति सैनिकको सुरक्षा सुनिश्चित गर्न आग्रह

एजेन्सी– लेबनानमा गत हप्ता तीन इन्डोनेसियाली शान्ति सैनिकको मृत्युको सम्भावित कारण