हराएको ५५ वर्षपछि घरपरिवारसँग पुनर्मिलन « Khabarhub

हराएको ५५ वर्षपछि घरपरिवारसँग पुनर्मिलन


२० माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कबाङका धनबहादुर तुलाचन हराएको ५५ वर्षपछि परिवारसँग पुनर्मिलन भएको छ । 

एक्काइस वर्षको उमेरमा लाहुरे हुने भन्दै घर छोडेर बेपत्ता भएका तुलाचन अहिले परिवारको सम्पर्कमा आएका छन् । भारतको हिमाञ्चल प्रदेशको कुल्ली मुनाली भन्ने ठाउँमा स्याउ बगैँचामा काम गर्ने तुलाचन एकसाता अगाडि विभिन्न माध्यमबाट परिवारको सम्पर्कमा आएको उनका साहिला दाइ कृष्णप्रसाद तुलाचनले बताए।

‘हामी अहिले मङ्गला गाउँपालिका–५ पाखुमा बस्दै आएका छौँ, लाहुरे हुने भनेर गएको भाइ घर आउने आश नै मारेका थियौँ, बूढेसकालमा हामीलाई खोजी गर्दै विभिन्न माध्यमबाट घर खोज्दै घरमा आएपछि हामीलाई सपनाजस्तै लागेको छ’, उनले भने। 

कतै नभेटिएपछि परिवारले नै माया मारिसकेको अवस्थामा धनबहादुर घर फर्किएपछि परिवारमा खुशियाली छाएको छ ।

धनबहादुरलाई दाइ कृष्णप्रसादले नागरिकता बनाउन आवश्यक प्रक्रियाका लागि सदरमुकाम बेनी आएका छन् । तत्कालीन समयमा मल्कबाङबाट ठाडाखानी हुँदै बेनी आएर पैदलयात्रा र सवारीसाधनको प्रयोग गरी भारत पुगेको धनबहादुरको भनाइ छ । 

भारत पुगेपछि एउटा खुट्टामा चोट लागेर लामो समय आराम गर्नुपरेको र घर फर्किने अवस्था नबनेको धनबहादुरले बताए।                    

प्रकाशित मिति : २० माघ २०८२, मंगलबार  ७ : १३ बजे

एथलेटिक्स टोली चीन प्रस्थान

काठमाडौं – बाह्रौँ एसियाली इन्डोर एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन तीन

प्राकृतिक ग्याँस पाइपलाइनका कारण मेक्सिकोमा वातावरणीय जोखिम

लस एरेसिफेस – मेक्सिकोले अमेरिकाबाट प्राकृतिक ग्याँस आयात गर्न सुरु

राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’

काठमाडौं–  राष्ट्रपति रामचन्द्र पौडेललाई आज जापान सरकारका तर्फबाट ‘गार्ड अफ

प्रतिनिधिसभा सदस्य निर्वाचन : समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार कायम

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य