एथलेटिक्स टोली चीन प्रस्थान « Khabarhub

एथलेटिक्स टोली चीन प्रस्थान


२० माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बाह्रौँ एसियाली इन्डोर एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन तीन खेलाडीसहित पाँच सदस्यीय नेपाली टोली आज चीनको तियाङजेन प्रस्थान गरेको छ ।

यही फेब्रुअरी ६ देखि ८ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ४०० र ८०० मिटर दौडमा सोमबहादुर कुमाल, ६० मिटर दौड र लङजम्पमा सलिन देवान तथा मुकेश पालले एक हजार ५०० र तीन हजार मिटर दौडमा प्रतिस्पर्धा गर्ने नेपाल एथलेटिक्स सङ्घका सचिव आरके विष्टले जानकारी दिए ।

अफिसियलमा एथलेटिक्स सङ्घका उपाध्यक्ष सन्तोषकुमार ढकाल तथा प्रशिक्षकमा एथलेटिक्सकी मुख्य प्रशिक्षक उषाकर्ण चौधरी छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले आज यहाँ आयोजित एक कार्यक्रममा बिदाइ गरे ।

प्रकाशित मिति : २० माघ २०८२, मंगलबार  ८ : २३ बजे

पूर्णबहादुरले हात उठाएपछि कस्तो होला सुर्खेत-१ को चुनावी अंकगणित ?

काठमाडौं– नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट उपसभापति बनेका पूर्णबहादुर खड््काले

क्यानडाका प्रधानमन्त्री कार्नी भारत भ्रमणमा

नयाँ दिल्ली- क्यानडाका प्रधानमन्त्री मार्क कार्नी भारत भ्रमणका लागि शुक्रबार

सरकारले निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गराउँछ : गृहमन्त्री अर्याल

चन्द्रपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान अन्तरिम सरकारले निष्पक्ष र भयरहित

चितवनबाट तनहुँ पुगेका रविलाई मुख्य सडकमै कालोझण्डा

तनहुँ– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेलाई तनहुँको दमौलीमा

कालीकोटमा निर्वाचन अवधिमा ड्रोन उडाउन प्रतिबन्ध

मान्म– कालिकोटमा ‘रिमोटली प्वाइन्टेट एयरक्राप्ट’ (आरपीए) र ‘ड्रोन क्यामेरा’ उडाउन