साउदीको ठूलो तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण : भूउपग्रहबाट यस्तो देखियो क्षति « Khabarhub

साउदीको ठूलो तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण : भूउपग्रहबाट यस्तो देखियो क्षति


१९ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

रियाद– साउदी अरबको पूर्वी सहर रास तनुरास्थित एक प्रमुख तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएको छ । बिबिसीले सार्वजनिक गरेको नयाँ भूउपग्रह (स्याटेलाइट) तस्बिरमा उक्त केन्द्रमा ठूलो क्षति पुगेको देखिएको छ।

बिबिसीले सार्वजनिक गरेका तस्बिरमा प्रशोधन केन्द्रको मध्य भागको वरपर आगो लागेको र डढेको स्पष्ट देखिन्छ । तस्बिरमा पाइपलाइन, ट्याङ्की र सडकको सञ्जालबीचको पूर्वाधारमा क्षति पुगेको र आगो निभाउन सेतो रङ्गको पानी वा रसायन छर्किएको समेत देखिन्छ ।

साउदीको सरकारी तेल कम्पनीले उक्त आक्रमणपछि सुरक्षाका कारण प्रशोधन केन्द्र अस्थायी रूपमा बन्द गरिएको जनाएको छ । यो केन्द्रको दैनिक ५ लाख ५० हजार ब्यारेल तेल उत्पादन गर्ने क्षमता राख्छ ।

आक्रमण भएको क्षेत्रमा पाइपलाइनहरूको ठूलो सञ्जाल छ, जहाँबाट एकै पटक चारवटा ट्याङ्करमा तेल भर्ने गरिन्छ । विश्व बजारमा तेल आपूर्तिका लागि यो केन्द्र रणनीतिक रूपमा निकै महत्वपूर्ण मानिन्छ ।

यसअघि पनि यस क्षेत्रका तेल खानी र प्रशोधन केन्द्रमा पटकपटक ड्रोन र मिसाइल आक्रमण हुँदै आएका छन् । पछिल्लो आक्रमणले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा प्रभाव पर्न सक्ने आकलन गरिएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  १० : १३ बजे

बेनी–जोमसोम सडकको सिरुबारीमा पहिरो रोक्न ‘बेञ्चिङ’ विधि

म्याग्दी– भारत र चीन जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको

स्टार बनाउने ‘गडफादर’ : कसले कसलाई दिए ब्रेक ?

काठमाडौँ- सामान्यताः अरुले प्रभुत्व जमाइरहेको क्षेत्रमा नयाँ व्यक्तिलाई अवसर मिल्न

वीरगञ्ज भन्सारबाट सात महिनामा एक खर्ब २३ अर्ब बढीको पेट्रोलियम पदार्थ आयात

वीरगन्ज– चालु आर्थिक वर्षको प्रथम सात महिनामा एक खर्ब २३

न्युजिल्याण्डमा ‘साम्बा’को घुँडाको शल्यक्रिया सम्पन्न

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)को घुँडाको

चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड

बागलुङ : गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका मन्दिरमा भक्तजनको