इनड्राइभ नेपालको ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन  « Khabarhub

इनड्राइभ नेपालको ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन 


१९ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इनड्राइभले नेपालमा ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन सुरुवात गरेको छ । 

कम्पनीले अघिल्लो संस्करणको सफलतापछि, यसपटक अभियानलाई अझ बढी परिष्कृत बनाउने वाचा गर्दै ड्राइभर्स गिभअवे शुरुवात गरेको हो । 

कम्पनीका अनुसार इनड्राइभले आफ्ना ड्राइभर पार्टनर्सको कडा परिश्रम र समर्पणलाई विशेषरुपमा सम्मान र पहिचान गर्न यो क्याम्पेन ल्याएको हो, जसमा ग्रान्ड प्राइजमा ब्रान्ड न्यू टाटा एक्सप्रेस ईभी कार, स्टाइलिश ईभी याडिया भेलाक्स स्कूटर, सामसङ स्मार्टफोन, र स्टेकेसन प्याकेज रहेका छन् ।

कम्पनीद्वारा जारी गरिएको विज्ञप्ति अनुसार ११ गतेदेखि फागुन १७ गतेसम्म, चालकहरूले प्लेटिनम स्ट्याटस प्राप्त गर्न र गिभअवे अभियानमा प्रवेश गर्नका लागि योग्य हुन न्यूनतम ४५ ओटा सवारी पूरा गर्नुपर्नेछ । २ मार्च, २०२६ अर्थात फागुन १८ गतेदेखि, इनड्राइभ चालकहरूले साप्ताहिक चुनौतीहरूको श्रृंखलामा भाग लिने मौका पाउनेछन्, र प्रत्येकले विशेष पुरस्कारहरू जित्ने अवसर प्राप्त गर्नेछन् । 

१८ गतेदेखि २९ मार्च अर्थात चैत्र १५ गतेसम्मको चुनौतीको प्रत्येक हप्तामा प्लेटिनम स्थिति प्राप्त गर्ने चालकहरू साप्ताहिक पुरस्कारहरूको साथसाथै ग्रान्ड प्राइजको लागि पनि योग्य हुनेछन्, जसमा क्याब चालकहरूको लागि टाटा एक्सप्रेस–टी ईभी र बाइक राइडरहरूको लागि याडिया भेलाक्स ईभी  स्कूटर समावेश छ ।

क्याम्पेन तीन चुनौतीयुक्त हप्तासहित तयार पारिएको छ, र प्रत्येक हप्ता विजेताहरूको घोषणा चैत १९ गते एक भव्य कार्यक्रमका साथ ग्राण्ड विजेता सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।

पुरस्कारहरू :
● टाटा एक्सप्रेस–टी ईभी (क्याब श्रेणी ग्रान्ड प्राइज)–१ जनालाई
● याडिया भेलाक्स ईभी स्कूटर (बाइक श्रेणी ग्रान्ड प्राइज)– २ जनालाई
● सामसङका स्मार्टफोनहरूः १६ जनालाई
● स्टेकेसन प्याकेजः ४

ग्रान्ड प्राइजको लागि योग्य हुन, चालकहरूले अभियानको चारै हप्ताको लागि प्लेटिनम स्ट्याटस कायम राख्नुपर्छ । कुनै पनि चुनौती हप्तामा प्लेटिनम स्ट्याटस प्राप्त गर्ने चालकहरूबाट साप्ताहिक पुरस्कार विजेताहरू छनोट गरिने कम्पनीले जनाएको छ ।
 

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  ११ : ३० बजे

नेपालगञ्जको इँटा भट्टामा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

नेपालगञ्ज – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इँटा भट्टामा

सिमलतालमा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध, पन्छाउन समय लाग्ने

काठमाडौँ – मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत सिमलताल नजिकै पहिरो खस्दा सडक

वस्तु खरिद-बिक्रीमा अनिवार्य बिल लिन-दिन सरकारको ताकेता

काठमाडौँ – आन्तरिक राजस्व विभागले वस्तु तथा सेवाको खरिद–बिक्री गर्दा

आजको मौसम पूर्वानुमान : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

‘बजारमा ग्यासको हाहाकार : सरकार भन्छ, ‘आपूर्ति सहज छ’

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने