मौनअवधिको मध्यराति काठमाडौंमै गाडीमा आगजनी (तस्बिरहरू) « Khabarhub

मौनअवधिको मध्यराति काठमाडौंमै गाडीमा आगजनी (तस्बिरहरू)


१९ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा निर्वाचनको मौनअवधि सुरू भएकोसँगै राजधानी काठमाडौंको  दुई स्थानमा आज बिहान दुई वटा गाडीमा आगजनी गरिएको छ ।

राजधानीको  सुकेधारा र नैकापमा बिहान करिब  ३ बजेतिर सो गाडीमा आगजनी गरिएको प्रहरीले जानकारी दिएको छ ।

आगजनी भएको गाडीमा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँको पर्चा समेत भेटिएको छ ।

निर्वाचन बिथोल्न लागि विभिन्न अभिव्यक्ति र क्रियाकलापमा संलग्न अभियन्ता प्रसाईँलाई नेपाल प्रहरीले पटक पटक पक्राउ गर्दै आएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अबि नारायण काफ्लेका अनुसार दुई वटा सवारी साधनमा आगजनी गरिएको र नेपाल प्रहरीले त्यसको अनुसन्धान गरी रहेको जानकारी दिए । उनका अनुसार सुकेधारा बा ७ च १४०१ र नैकापमा बीएए २८३६ नम्बरको गाडीमा आगजनी गरिएको बताए ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  १२ : ०६ बजे

रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित

रसुवा– विपद्का कारण प्रभावित बालबालिकाको संरक्षण र मनोसामाजिक विकासका लागि

पृथ्वी राजमार्ग खुलेसँगै गन्तव्यतर्फ लागे काठमाडौंमा अड्किएका सवारी (तस्बिरहरू)

काठमाडौं– निरन्तरको वर्षा र राजमार्गमा आएको अवरोधपछि काठमाडौंमा अड्किएका मालवाहक

चार दिनपछि खुल्यो बीपी राजमार्ग

काभ्रेपलाञ्चोक- अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण चार दिनदेखि अवरुद्ध बीपी राजमार्ग

नारायणी किनार बाढीले बगरमा परिणत, स्थानीय भन्छन्- यतिठूलो पानी अहिलेसम्म देखेका थिएनौँ

काठमाडौं– असोज ११ गते नारायणी नदीमा आएको बाढीका कारण चितवनको

अमेरिका–इरान सम्झौतामा अझै मतभेद

न्युयोर्क- इरान र अमेरिकाबीच आठौँ महिनामा प्रवेश गरेको द्वन्द्व अन्त्य गर्दै