आदिवासी जनजाति ‘पैसामा बिक्ने र किन्न सकिने’ भनेपछि विवादमा सोविता « Khabarhub

आदिवासी जनजाति ‘पैसामा बिक्ने र किन्न सकिने’ भनेपछि विवादमा सोविता


१९ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


918
Shares
  • change font
  • change font
  • change font

चितवन- नेपाल आदिवासी जनजाति महासंघ जिल्ला परिषद् सचिवालय, चितवनले राष्ट्रिय स्वतन्त्र पार्टी की नेतृ तथा चितवन क्षेत्र नम्बर ३ की उम्मेदवार सोविता गौतमले दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासंघले मंगलबार जारी गरेको विज्ञप्तिमा गौतमले एक चुनावी सभामा चितवनका आदिवासी जनजाति, विशेषगरी गुरुङ र थारु समुदायलाई लक्षित गर्दै ‘पैसाले किन्न सकिने’ र ‘विक्न सक्ने वर्ग’ भन्ने टिप्पणी गरेको भन्दै आपत्ति जनाएको छ।

यस्तो अभिव्यक्तिले आदिवासी जनजाति समुदायको स्वाभिमान, पहिचान र राजनीतिक चेतनामाथि प्रहार गरेको महासंघको भनाइ छ।

विज्ञप्तिमा गुरुङ र थारु समुदायलाई ‘सोझो’ र ‘पैसामा बिक्ने’ भनेर वर्गीकरण गर्नु उम्मेदवारको संकीर्ण र नश्लवादी सोचको संकेत भएको उल्लेख गरिएको छ।

आदिवासी जनजाति समुदाय कसैको प्रलोभनमा पर्ने समूह नभई आफ्नै इतिहास र गौरव बोकेको सचेत नागरिक समाज भएको महासंघले स्पष्ट पारेको छ।

त्यस्तै, मतदातालाई ‘पैसा दिए लिनुस्’ भनी आर्थिक लेनदेनमा सहभागी हुन उक्साउनु निर्वाचन आचारसंहिताको उल्लंघन र लोकतान्त्रिक मूल्य मान्यताको उपहास भएको पनि विज्ञप्तिमा उल्लेख छ।

महासंघले गौतमसँग २४ घण्टाभित्र चितवनका सम्पूर्ण आदिवासी जनजाति समुदायसँग सार्वजनिक रूपमा माफी माग्दै लिखित स्पष्टीकरण पेस गर्न माग गरेको छ।

माग पूरा नभए चितवन क्षेत्र नम्बर ३ मा आफ्ना सम्पूर्ण संयन्त्र परिचालन गरी सम्बन्धित उम्मेदवारविरुद्ध चुनावी बहिष्कार तथा आन्दोलनका कार्यक्रम अघि बढाइने चेतावनी दिइएको छ।

महासंघका अध्यक्ष सागर कुमालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो स्वाभिमान हाम्रो पहिचान हो, यसमा खेलबाड गर्ने छुट कसैलाई छैन ।’

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  १२ : २४ बजे

अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइयो

महेन्द्रनगर– अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा यहाँस्थित सशस्त्र प्रहरी बल वैद्यनाथ

सात करोडमा बन्यो जिल्ला प्रशासन कार्यालय नवलपरासी भवन

नवलपरासी– पश्चिम नवलपरासीको जिल्ला प्रशासन कार्यालयले आजदेखि आफ्नै भवनबाट सेवा दिन

सञ्चार मन्त्रालयमा नयाँ कार्यसंस्कृति लागू

काठमाडौं– सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा

चीन–रुस सम्बन्ध बहुमूल्य : राष्ट्रपति सी

बेइजिङ– विश्वव्यापी अस्थिरता र द्वन्द्वले अन्तर्राष्ट्रिय परिदृश्य थप जटिल बनाइरहेका