मौन अवधिमै दल र उम्मेदवारले गर्छन् निर्णायक प्रयास « Khabarhub

मौन अवधिमै दल र उम्मेदवारले गर्छन् निर्णायक प्रयास


१९ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन लक्षित गरेर आज राति १२ बजेदेखि नै निर्वाचन आयोगले मौन अवधि लागू गरेको छ । चुनावको दिन मतदान सम्पन्न नहुनेबेलासम्म लागू हुने सो अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार तथा दलको भातृ संगठन र मतदाताले पालना गर्नुपर्ने आचरण आयोगले आचारसंहितामार्फत नै तोक्ने काम गरेको छ ।

आचारसंहिताअनुसार सो अवधिमा निर्वाचनको प्रचार–प्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन र कार्याशाला गोष्ठी गर्न पाइँदैन । त्यस्तै, सो अवधिमा मतदान स्थलको ३ सय मिटर वरिपरि राखिएका दल वा उम्मेदवारका प्रचार सामग्री पनि हटाउनुपर्ने हुन्छ ।

साथै, सो अवधिमा सामाजिक सञ्जाल, अनलाईन, छापा वा अन्य कुनै पनि माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै शन्देश, सूचना वा प्रचार–प्रसारका सामग्री पोस्ट वा सेयर गर्न पनि आयोगले रोक लगाएको छ । विगतले देखाउँछ, सोही अवधिमा नै दल र उम्मेदवारले निर्णायक भूमिका खेल्छन् ।

आयोगले आचारसंहितामार्फत नै ४८ घण्टाको अवधिमा चुनाव प्रचार–प्रसार लगायतका गतिविधिमाथि रोक लगाउँदै मौन अवधि लागू गरेपनि सो अवधिमा नै दल र उम्मेदवारले आफ्नो जीतको लागि निर्णायक भूमिका खेल्ने गर्छन् भन्ने कुरा विगतले देखाएको छ ।

सो अवधिमा मतदातालाई पैसा, विभिन्न वस्तु र आश्वासन बाँड्ने काम दल र उम्मेदवारका प्रतिनिधिहरूले गर्छन् । इन्सेकको प्रतिवेदन अनुसार ०७९ वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा मौन अवधि सुरु भएपछि नेपाली कांग्रेसको तर्फबाट उदयपुरको त्रियुगा नगरपालिकामा कुखुरा र रौतामाई गाउँपालिकामा कपडा बाँड्न लागेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो । सोही निर्वाचनमा कपिलवस्तु ३ बाट मतदातालाई बाँड्न लिएर हिँडेको १२ कार्टुन मदिरा बरामद गरेको थियो ।

सोही निर्वाचनमा सिरहाको गोलबजारमा माओवादीका कार्यकर्तालाई प्रेम लामालाई रकम बाँडेको आरोपमा आयोगले स्पष्टीकरण सोधेको थियो । मकवानपुर बकैया गाउँपालिकामा मौन अवधिको समयमा बाँड्न लैजाँदै गरेको ३ क्वाइल खानेपानीको पाइप स्थानीयले रोकेका थिए भने सोही जिल्लाको मनहरी गाउँपालिकाका वडाअध्यक्ष अनन्तकुमार अर्यालले बाँड्न लागेको जस्ता प्रहरीले नियन्त्रणमा लिएको थियो ।

सोही निर्वाचनमा सुर्खेतको गुर्भाकोटमा एमालेका वडा अध्यक्ष राजन बिसीले मतदातालाई पैसा बाँड्दै गर्दा प्रहरीले गिरफ्तार गरेको इन्सेकको प्रतिवेदनमा उल्लेख छ । इन्सेकको उक्त प्रतिवेदनमा मौन अवधिमा विशेषगरी मतदातालाई निर्णायक रूपमा प्रभाव पार्ने अन्य धेरै गतिविधिको विषयमा पनि उल्लेख छ ।

त्यस्तै, विगतमा भएका प्रतिनिधिसभाको निर्वाचनको मौन अवधिको समयमा पनि मतदाता प्रभावित गर्न उम्मेदवार तथा दलहरूले भोज दिएको, पैसा बाँडेको र अन्य आश्वासन बाँडेको विषयमा थुप्रै सूचना तथा समाचारहरू प्रकाशन भएका थिए । चुनावको बेला पैसा बाँड्ने र मासु भात खाने खुवाउने विषय नेपाली राजनीतिमै चर्चित छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनावी क्याम्पिङकै क्रममा मासु भात अरुको खाएपनि भोट भने आफ्नो पार्टीमा दिन भन्दै सो विषयलाई स्वीकार गरेका थिए । तर, उनको सो भनाइलाई लिएर मतदातालाई मासुभातमा बिक्ने भनी टिप्पणी गरिएको भन्दै आलोचना पनि भएको थियो ।

०७९ मंसिरमा भएको निर्वाचनमा हार व्यहोरेपछि कांग्रेसका नेता अभिसेकप्रताप शाहले ‘मासु–भात र जाँड–रक्सीमा बिक्ने समाजले के विकासको अपेक्षा गर्छ ?’ भनेर फेसबुकमा लेखेका थिए । त्यसैले मौन अवधि भनेर औपचारिक चुनावको प्रचार रोकिएपनि सो समयलाई उम्मेदवार र दलले आफ्नो पक्षमा पार्नको लागि शान्त रूपमा हरेक कदम चाल्ने गरेको धेरैको बुझाइ छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  ३ : ११ बजे

भारतीय एयरलाइन्सद्वारा मध्यपूर्वमा उडानहरू पुनः सुरु

एजेन्सी– भारतीय एयरलाइन्सले युद्धका कारण मध्य पूर्वका देशहरूमा रोकिएका हजारौं

कालीकोटका सबै मतदान केन्द्रमा निर्वाचन सामग्री पुर्‍याइयो

मान्म– कालीकोट जिल्लाका १२८ वटै मतदान केन्द्रमा निर्वाचन सामग्री पुर्‍याइएको

ईरान–इजराइल युद्धका कारण चिनियाँ रिफाइनरीले सञ्चालन घटायो

यूएई- चीनको ठूलो रिफाइनरी कम्पनी झेजियाङ्ग पेट्रोकेमिकल कर्पले आफ्नो अपरेशन

निर्वाचनका लागि उपत्यकाबाट बाहिरिँदै मतदाता

काठमाडौं– बिहीबार हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौँ उपत्यकाबाट

पुल्चोकको दाउरा थकालीमा आगलागी (तस्बिरहरू)

काठमाडौं – ललितपुरको पुल्चोकस्थित दाउरा थकालीमा मंगलबार दिउँसो आगलागी भएको