लेबनानले हिजबुल्लाहको सैन्य गतिविधिमा लगायो प्रतिबन्ध « Khabarhub

लेबनानले हिजबुल्लाहको सैन्य गतिविधिमा लगायो प्रतिबन्ध


१९ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

लेबनान- लेबनान सरकारले हिजबुल्लाहको सैन्य गतिविधिमा तत्काल प्रतिबन्ध लगाउने निर्णय गरेको छ। राष्ट्रपति मिशेल औनले अब युद्ध र शान्तिको निर्णय केवल लेबनानी राज्यकै हातमा हुने बताएका छन्।

सोमबार क्याबिनेटको निर्णयपछि औनले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा जारी गरेको बक्तव्यमा भनेका छन्, ‘यो कदम राज्यको अधिकार सुरक्षित राख्नका लागि उठाइएको हो।’

हिजबुल्लाहले आफ्ना हतियार सरकारलाई बुझाउनुपर्ने बताउँदै उनले यस निर्णयबाट पछि नहट्ने पनि उल्लेख गरे ।

यो निर्णय लेबनान–इजराइल सिमानामा बढ्दो तनावको बीचमा आएको हो। हालै हिजबुल्लाहले इजराइलतर्फ रकेट प्रहार गरेको थियो।

संगठनले यो कदम नोभेम्बर २०२४ मा भएको युद्धविराम भए पनि इजराइलद्वारा गरिएका सयौँ हमलाको जवाफस्वरूप उठाइएको जनाएको छ।

त्यसपछि सुरू भएको इजरायली बमबारीमा लेबनानमा कम्तीमा ५२ जनाको मृत्यु भएको छ। हिजबुल्लाहले उसका हमलाहरू इजराइल–अमेरिकाद्वारा इरानविरुद्ध जारी सैन्य कारवाहीको जवाफस्वरूप गरिएको जनाएको छ।

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  ४ : ०६ बजे

नेपालमा विदेशी फिल्मको रजगज, व्यापार र संख्या दुवैमा एकलौटी

काठमाडौँ– २०८२ सालमा नेपाली हलहरूमा स्वदेशीभन्दा विदेशी फिल्म बढी प्रदर्शनमा

अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्‍यो १० बुँदे प्रस्ताव

काठमाडौँ – अमेरिका र इरानबीच पाकिस्तानको राजधानी इस्लामावादमा औपचारिक वार्ता

बजार अनुगमनमा तीन फर्मलाई जरिवाना

काठमाडौँ– नियमित रुपमा बजारको अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

यशस्वीको विस्फोटक ब्याटिङमा : राजस्थानले मुम्बईलाई २७ रनले हरायो

काठमाडौँ – ओपनर यशस्वी जैसवालको विष्फोटक ब्याटिङको मद्दतले राजस्थान रोयल्सले

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । निर्धारित