लेबनानले हिजबुल्लाहको सैन्य गतिविधिमा लगायो प्रतिबन्ध « Khabarhub

लेबनानले हिजबुल्लाहको सैन्य गतिविधिमा लगायो प्रतिबन्ध


१९ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

लेबनान- लेबनान सरकारले हिजबुल्लाहको सैन्य गतिविधिमा तत्काल प्रतिबन्ध लगाउने निर्णय गरेको छ। राष्ट्रपति मिशेल औनले अब युद्ध र शान्तिको निर्णय केवल लेबनानी राज्यकै हातमा हुने बताएका छन्।

सोमबार क्याबिनेटको निर्णयपछि औनले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा जारी गरेको बक्तव्यमा भनेका छन्, ‘यो कदम राज्यको अधिकार सुरक्षित राख्नका लागि उठाइएको हो।’

हिजबुल्लाहले आफ्ना हतियार सरकारलाई बुझाउनुपर्ने बताउँदै उनले यस निर्णयबाट पछि नहट्ने पनि उल्लेख गरे ।

यो निर्णय लेबनान–इजराइल सिमानामा बढ्दो तनावको बीचमा आएको हो। हालै हिजबुल्लाहले इजराइलतर्फ रकेट प्रहार गरेको थियो।

संगठनले यो कदम नोभेम्बर २०२४ मा भएको युद्धविराम भए पनि इजराइलद्वारा गरिएका सयौँ हमलाको जवाफस्वरूप उठाइएको जनाएको छ।

त्यसपछि सुरू भएको इजरायली बमबारीमा लेबनानमा कम्तीमा ५२ जनाको मृत्यु भएको छ। हिजबुल्लाहले उसका हमलाहरू इजराइल–अमेरिकाद्वारा इरानविरुद्ध जारी सैन्य कारवाहीको जवाफस्वरूप गरिएको जनाएको छ।

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  ४ : ०६ बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा