आफूविरुद्ध भ्रम फैल्याइएको भन्दै गगन थापाको आपत्ति « Khabarhub

आफूविरुद्ध भ्रम फैल्याइएको भन्दै गगन थापाको आपत्ति


१९ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फागुन १९ निर्वाचनको मौन अवधिमा सामाजिक सञ्जालमार्फत फैलाइँदै आएका भ्रामक समाचारप्रति नेपाली कांग्रेसका सभापति गगन थापाले आपत्ति जनाएका छन् ।

सभापति थापाले आफू लगायत नेपाली कांग्रेस का उम्मेदवारहरूविरुद्ध सुनियोजित रूपमा असत्य कथा, भ्रामक सूचना र हेरफेर गरिएका भिडियोहरू सार्वजनिक भइरहेकोमा चिन्ता ब्यक्त गरेका छन् ।

उनले यस्तो गतिविधि निर्वाचन आचारसंहिताको उल्लङ्घन मात्रै नभई लोकतान्त्रिक मूल्य र संस्कारमाथिको प्रत्यक्ष आक्रमण भनेका छन्।

थापाले सामाजिक सञ्जाल प्रयोगकर्तालाई सचेत र जिम्मेवार बन्न आग्रह गर्दै फेक सामग्री देखिएमा तुरुन्तै सम्बन्धित प्लेटफर्ममा रिपोर्ट गर्न अपिल गरेका छन्।

उनले विशेषगरी फेसबुक, टिकट र युट्युब लगायत माध्यमहरूमा फैल्याइने अपुष्ट र सनसनीपूर्ण सामग्रीप्रति सावधान रहन आग्रह गरेका छन्।

’कुनै पनि सामग्री शेयर गर्नु अघि एकछिन रोकिनुहोस्, तथ्य जाँच गर्नुहोस्,’ थापाको आग्रह छ। उनले अत्यधिक भडकाउ र भावनात्मक सामग्री प्रायः भ्रामक हुन सक्ने बताउँदै त्यसले मतदातालाई भ्रमित पार्ने उद्देश्य राखेको उल्लेख गरे ।

निर्वाचनको संवेदनशील समयमा गलत सूचना फैलाउने प्रवृत्तिले स्वस्थ प्रतिस्पर्धालाई कमजोर बनाउने भन्दै उनले सत्य, विवेक र नागरिक सचेतनाले मात्रै यसलाई परास्त गर्न सकिने बताएका छन्।

लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै थापाले सबै समर्थक र शुभेच्छुकलाई जिम्मेवार सामाजिक सञ्जाल प्रयोगमार्फत् सत्यको पक्षमा उभिन आह्वान गरेका छन्।

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  ७ : ५६ बजे

नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत

काठमाडौं– नेपाली वैज्ञानिक डा शिवप्रसाद अधिकारीलाई अमेरिकामा पुरस्कृत गरिएको छ

बीपीको जुत्तामा नापो नमिलेका खुट्टाहरू !

‘मेरो काठमाण्डूको सार्वजनिक सभामा मलाई र सुशीलालाई चुटाउनु भयो ठूल्दाजुले

दलको कार्यालय पुग्दै रास्वपाका मन्त्री र सांसद (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको बैठकमा

वर्षाजन्य विपद् : विभिन्न सडकमा यातायात अवरुद्ध

काठमाडौं– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

अमेरिका-दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

सियोल– राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई