आज सभामुखको उम्मेदवारी दर्ता, रास्वपाबाट डोलप्रसाद अर्यालको दाबी « Khabarhub

आज सभामुखको उम्मेदवारी दर्ता, रास्वपाबाट डोलप्रसाद अर्यालको दाबी


२० चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधि सभाको सभामुख चयनका लागि शुक्रबार उम्मेदवारी दर्ता हुँदैछ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयनको समय निर्धारण गरिएको छ ।

संसद् सचिवालयले शुक्रबार दिउँसो २:३० बजे उम्मेदवारको नामावली प्रकाशन गर्नेछ । प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ७ बमोजिम सभामुखको निर्वाचन आगामी चैत २२ गते आइतबार बिहान ११ बजे बस्ने बैठकमा हुने गरी ज्येष्ठ सदस्यले मिति तोकेका छन्।

यसपटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभापति डोलप्रसाद अर्याललाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले अर्याललाई सभामुखको उम्मेदवार बनाउने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

वर्तमान प्रतिनिधि सभामा रास्वपाको झण्डै दुई तिहाइ १८२ सांसद सिट रहेकाले अर्याल सभामुखमा निर्वाचित हुने निश्चित देखिएको छ । काठमाडौँ क्षेत्र नं. ९ बाट निर्वाचित अर्याल यसअघि पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारीमा समेत रहेका थिए ।

सचिवालयका अनुसार यदि एकभन्दा बढी उम्मेदवारी परेमा चैत २२ गतेको बैठकमा निर्वाचन प्रक्रिया अघि बढ्नेछ । यद्यपि, वर्तमान सत्ता समीकरण र अंकगणितका कारण अर्याल निर्विरोध हुने सम्भावना बलियो छ ।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  ७ : ४७ बजे

गृहमन्त्री सुधन गुरुङ कार्यकक्षको सोफामै सुतेको तस्बिर सार्वजनिक

काठमाडौँ – निरन्तर काममा खटेका गृहमन्त्री सुधन गुरुङ मन्त्रालयमै आराम

एमालेको ‘घाम’ मा ‘बादल’ को छाया

काठमाडौँ – गठबन्धनको ‘गाउँ खाने कथा’ एमालेको ‘घाम’ माथि ‘कालो

भारत-नेपाल सहयोगः सामुदायिक विकासका सात परियोजना कार्यान्वयनको सम्झौता

काठमाडौँ – भारत सरकारले सामुदायिक विकासका सात परियोजना कार्यान्वयन गर्ने

एमाले सचिवालय बैठक बस्दै : बादलको ‘विवादास्पद’ अभिव्यक्तिबारे छलफल हुने

काठमाडौँ – नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दै

सडकमा कलम बेच्ने ती बालक, जो पछि करोडौँलाई हँसाउने जोनी लिभर बने

बलिउड सिनेमा उद्योगमा जब कमेडीको चर्चा हुन्छ, सबैभन्दा पहिले सम्झिने