गृहमन्त्री गुरुङले बुझे ‘जेनजी’ आन्दोलनका घाइतेको अवस्था « Khabarhub

गृहमन्त्री गुरुङले बुझे ‘जेनजी’ आन्दोलनका घाइतेको अवस्था

घाइतेको नि:शुल्क उपचार गरेकोमा डा. सुनिल शर्मालाई धन्यवाद


२० चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएकाको अवस्था बुझ्न सिनामंगलस्थित केएमसी अस्पताल पुगेका छन् । बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको छड्के निरीक्षण सकेलगत्तै मन्त्री गुरुङ सिधै अस्पताल पुगेका हुन् ।

अस्पतालमा उपचाररत घाइतेलाई भेट्दै मन्त्री गुरुङले उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । सो क्रममा उनले आन्दोलनका घाइतेलाई नि:शुल्क उपचार सेवा उपलब्ध गराएकोमा केएमसीका सञ्चालक एवं पूर्वसांसद डा. सुनिल शर्मालाई विशेष धन्यवाद दिए ।

गृह मन्त्रालयको जिम्मेवारी सम्हालेकै दिनदेखि एक्सनमा देखिएका मन्त्री गुरुङ राति १० बजे अस्पताल पुगेका थिए । डा. शर्माले अधिकांश घाइते डिस्चार्ज भइसकेको र केही गम्भीर घाइते अझै होसमा नआएकाले उनीहरूको अस्पतालमै राखेर नि:शुल्क उपचार भइरहेको जानकारी गराएका थिए ।

भेटका क्रममा डा. शर्माले भने, “तपाईं आफैँ आएर बिरामीको अवस्था बुझ्नुभयो, यसले उनीहरूमा थप ऊर्जा दिएको छ । यहाँ ल्याइएका सबै घाइतेको उपचार मैले नि:शुल्क गर्ने व्यवस्था मिलाएको छु ।”

जवाफमा गृहमन्त्री गुरुङले घाइतेहरूको घाउमा मलम लगाएकोमा प्रशंसा गर्दै डा. शर्मालाई अंकमाल गरेर धन्यवाद व्यक्त गरे । “तपाईंले घाइतेलाई मात्र होइन, उनीहरूको परिवारको आँसु पनि पुछिदिनुभएको छ,” मन्त्री गुरुङले भने, “यो सेवामा कमी नहोस्, मानवताका लागि तपाईंले देखाएको यो कार्यप्रति सधैँ सम्मान छ ।”

मन्त्री गुरुङले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सरकारले पनि यस्ता विषयलाई गम्भीरतापूर्वक लिने आश्वासन दिएका छन् ।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  ९ : ५५ बजे

रसुवा विपद्: श्रीमान्‌को खोजीमा १३ दिनदेखि कार्यालय धाउँदै पूजा

जनकपुरधाम – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका इन्जिनियर

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बैतडी – बैतडीको दोगडाकेदार गाउँपालिका–५ बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग

जेनजी आन्दोलनको एक वर्ष : सरकारलाई ‘सही ट्रयाकमा फर्किन’ चेतावनी

काठमाडौँ – जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनको एक वर्ष पूरा

सामाजिक सञ्जालमा अफवाह र घृणास्पद सामग्री फैलाउनेविरुद्ध प्रहरी आक्रामक

काठमाडौँ – सामाजिक सञ्जालमार्फत गलत सूचना, भ्रामक प्रचार र जातीय

एसिसी प्रिमियर कप : समूह चरणको अन्तिम खेलमा हङकङविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा