हर्क साम्पाङ गृहमन्त्री गुरुङ भेट्न सिंहदरबार जाँदै « Khabarhub

हर्क साम्पाङ गृहमन्त्री गुरुङ भेट्न सिंहदरबार जाँदै


२० चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


669
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सुनसरी क्षेत्र नं. १ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य हर्क साम्पाङ विकासका एजेन्डा लिएर सिंहदरबार पुगेका छन् । उनले शुक्रबार गृहमन्त्री सुधन गुरुङसहित विभिन्न विभागीय मन्त्रीहरूलाई भेट्ने कार्यतालिका रहेको छ ।

बिहीबार प्रतिनिधि सभाको पहिलो बैठक सम्पन्न भएलगत्तै साम्पाङले सामाजिक सञ्जालमार्फत अब आफू विकासका माग लिएर प्रधानमन्त्री र मन्त्रीहरूकहाँ जाने बताएका थिए । उनले फेसबुकमा लेखेका छन्, ‘हिजो औपचारिक र विधिवत् सदनको पहिलो बैठक सम्पन्न भयो । नेपाल सरकार लगायत सबैलाई धन्यवाद ! अब जनताका विकासका मागहरू लिएर प्रधानमन्त्रीज्यू र विभागीय मन्त्रीज्यूहरूलाई भेट्न जानुपर्नेछ ।’

बिहान ११ बजेर ४५ मिनेट जाँदा साम्पाङले गृहमन्त्री गुरुङसँग भेट गर्ने कार्यतालिका रहेको छ ।

प्रतिनिधि सभाको पहिलो बैठकमै साम्पाङले विभिन्न समसामयिक र राष्ट्रिय मुद्दाहरू उठाएका थिए । उनले सीमा क्षेत्रमा छिमेकी मुलुकको गतिविधिमाथि निगरानी बढाउनुपर्ने र भदौ २३–२४ को घटनाका दोषीलाई कारबाही गर्न उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने लगायतका दर्जनभन्दा बढी माग राखेका छन् ।

सिंहदरबारमा हुने भेटघाटका क्रममा उनले आफ्नो निर्वाचन क्षेत्रका विकास योजना र संसद्मा उठाएका मागहरूका विषयमा मन्त्रीको ध्यानाकर्षण गराउने बुझिएको छ ।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  ११ : १० बजे

रसुवा विपद्: श्रीमान्‌को खोजीमा १३ दिनदेखि कार्यालय धाउँदै पूजा

जनकपुरधाम – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका इन्जिनियर

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बैतडी – बैतडीको दोगडाकेदार गाउँपालिका–५ बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग

जेनजी आन्दोलनको एक वर्ष : सरकारलाई ‘सही ट्रयाकमा फर्किन’ चेतावनी

काठमाडौँ – जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनको एक वर्ष पूरा

सामाजिक सञ्जालमा अफवाह र घृणास्पद सामग्री फैलाउनेविरुद्ध प्रहरी आक्रामक

काठमाडौँ – सामाजिक सञ्जालमार्फत गलत सूचना, भ्रामक प्रचार र जातीय

एसिसी प्रिमियर कप : समूह चरणको अन्तिम खेलमा हङकङविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा