काठमाडौं– वरिष्ठ तथा अनुभवी क्यान्सर रोग विशेषज्ञ (सर्जिकल अन्कोलोजिस्ट) डा.प्रकाशराज न्यौपानेको निधन भएको छ।
विगत एक वर्षदेखि कोल्यान्जियो कार्सिनोमा रोगसँग संघर्ष गरिरहेका ६४ वर्षीय डा. न्यौपानेको शुक्रबार बिहान उपचारका क्रममा पाटन अस्पतालमा निधन भएको हो ।
पाटन अस्पतालमा क्यान्सर रोग विशेषज्ञ डा.अरुण शाहीको नेतृत्वमा उपचार भइरहेका क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ ।
सर्जिकल अन्कोलोजीमा पीएचडी गरेका उनी नेपालका स्थापित र क्यान्सर विशेषज्ञका रूपमा चिनिन्थे ।













प्रतिक्रिया