नराकोट–हाटसिंजा सडक स्तरोन्नति गर्न स्रोत सुनिश्चित « Khabarhub

नराकोट–हाटसिंजा सडक स्तरोन्नति गर्न स्रोत सुनिश्चित


२० चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

जुम्ला– यहाँको सिंजा गाउँपालिकाको नराकोटदेखि कनका सुन्दरीको हाटसिंजासम्म निर्माणाधीन सडक स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरेको छ । 

कर्णाली प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८२-८३ को बजेट कार्यक्रम शीर्षकअन्तर्गत सिंजाको चुलेलगाँउ–नराकोट–धापा–कोटघर–कुनौटा हुँदै लौडीसिम लुड्कु–हाटसिंजा सडक स्तरोन्नतिका स्रोत सुनिश्चित भएको हो । 

पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख रुपबहादुर रावलले १५ करोड १९ लाख बजेटसहित  बहुवर्षीय स्रोत सुनिश्चित भएको जानकारी दिए । यसैबीच नरोकाट बजारदेखि हाटसिंजासम्मको पाँच किलोमिटर सडक कालोपत्र गर्नेका लागि पहिलो चरणमा आइतबार रु ११ करोडको ठेक्का आह्वान गरिएको छ । 

सडक निर्माणपछि आन्तरिक तथा बाह्य पर्यटनको सम्भावना बोकेको रारा तालसम्म जाने पर्यटन र वर्षौंदेखि सास्ती खेप्दै आएका स्थानीयलाई निकै सहज हुने गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए। 

प्रदेश सरकारले जिल्लाको समस्यालाई बुझेर उक्त बजेटको स्रोत सुनिश्चित गरेको र अब समयमै गुणस्तरीय काम सम्पन्न गर्न सबैले ध्यान दिनुपर्ने उनको आग्रह छ । 

स्रोत सुनिश्चित भएपछि आगामी तीन वर्षभित्र सडक योजना सम्पन्न गरी सञ्चालनमा ल्याइने पूर्वाधार विकास कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  १२ : २६ बजे

सेना प्रमुखलाई पद छाड्न अमेरिकी युद्धमन्त्रीको निर्देशन, पेन्टागनमा खैलाबैला

काठमाडौं- अमेरिका र इजरायलले इरानविरुद्ध युद्ध चर्काइरहेका बेला अमेरिकी युद्धमन्त्री

आर्टेमिस–२ : चन्द्रमातर्फ मानवताको नयाँ कदम

वाशिङ्टन डीसी- नासाको ‘आर्टेमिस–२’ मिशनका चार जना अन्तरिक्षयात्रीहरू शुक्रबार फ्लोरिडाको

माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते

कमलामाई- सिन्धुलीको सुनकोशी गाउँपालिका–५ साइटारस्थित बीपी राजमार्गमा माइक्रोबस र बस

के बुल्दाक रामेनले क्यान्सर गराउँछ ?

काठमाडौं– इन्स्ट्यान्ट रामेन चाउचाउ यसको सुलभ मूल्य, सुविधा र स्वादका

एमालेमा सुरू भयो ध्रुवीकरण, कति छ ओली इतरको शक्ति र हैसियत ?

काठमाडौं– अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा आन्दोलनमा होमिएको