काठमाडौं– माइडियाले ‘नयाँ वर्ष, नयाँ अनुभूति’ अभियान सार्वजनिक गरेको छ । नयाँ वर्षलाई नयाँ ऊर्जा, नयाँ सुविधा र नयाँ जीवनशैलीसँग जोड्ने सोचका साथ ल्याइएको यस अभियानले उपभोक्तालाई आकर्षक अफरहरूसँगै मूल्यवान् खरिद अनुभव प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यस अभियानअन्तर्गत माइडिया का विभिन्न उत्पादनहरू खरिद गर्दा ग्राहकहरूले ३७,७०० रुपैयाँ सम्मको क्यासब्याक पाउन सक्ने व्यवस्था गरिएको छ ।
साथै, उत्पादनअनुसार निश्चित उपहारहरू पनि समावेश गरिएको छ, जसले ग्राहकलाई तुरुन्तै लाभ महसुस गराउने कम्पनीको विश्वास छ । साइड वाइ साइड तथा मल्टी डोर रेफ्रिजरेटर खरिदमा माइडिया इन्डक्सन उपलब्ध गराइनेछ, त्यसैगरी फ्रन्ट लोड वाशिंग मेसिनखरिद गर्दा ६ केजी एरियल, टप लोड वाशिङ मेसिन खरिदमा २ केजी एरियल र अर्ध स्वचालित धुने मेसिन खरिदमा १ केजी एरियल उपलब्ध गराइनेछ।
यस अभियानलाई अझ आकर्षक बनाउन बम्पर लक्की ड्र पनि समावेश गरिएको छ, जसअन्तर्गत भाग्यशाली एक जना ग्राहकले माइडियाको मल्टी डोर रेफ्रिजरेटर जित्ने अवसर प्राप्त गर्नेछन् । ग्राहकहरूले क्यूआर कोड स्क्यान गरी आफ्नो विवरण दर्ता गरेपछि उक्त लक्की ड्र मा सहभागी हुन सक्नेछन् ।













प्रतिक्रिया