कविन्द्रले भने- संसद् प्रभावकारी बनाउन दलहरूसँग छलफल थालिसकेका छौँ « Khabarhub

कविन्द्रले भने- संसद् प्रभावकारी बनाउन दलहरूसँग छलफल थालिसकेका छौँ

२० चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट

99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले संसद्लाई प्रभावकारी र मर्यादित रुपमा अघि बढाउनका लागि अन्य दलहरूसँग छलफल सुरु गरिसकेको बताएका छन् । 

शुक्रबार संसद सचिवालय सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै महामन्त्री बुर्लाकोटीले सदनलाई मर्यादित सञ्चालन गर्नुको लागि अरु पार्टीको पनि विश्वास प्राप्त हुनुपर्ने भएकाले रास्वपाले सबै पार्टीसँग छलफल सुरु गरिसकेको बताएका हुन् ।

त्यस्तै उनले संविधान संशोधनलाई सबै दलले प्राथमिकतामा राखेकाले यसमा छलफल गर्न प्रस्ताव समिति बनाइएको उल्लेख गरे । संविधान संशोधनको लागि छलफलका विषयवस्तुहरू प्रस्ताव भएपछि अन्य दलहरूसँग छलफल अघि बढाइने उनको भनाइ छ ।  

महामन्त्री बुर्लाकोटीले प्रतिनिधिसभाको सभामुख चयनको प्रक्रिया अघि बढिरहेकाले सभामुख चयन भइसकेपछि उपसभामुख चयनको विषयमा छलफल सुरु हुने धारणा राखे ।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  १ : ०१ बजे

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बैतडी – बैतडीको दोगडाकेदार गाउँपालिका–५ बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग

जेनजी आन्दोलनको एक वर्ष : सरकारलाई ‘सही ट्रयाकमा फर्किन’ चेतावनी

काठमाडौँ – जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनको एक वर्ष पूरा

सामाजिक सञ्जालमा अफवाह र घृणास्पद सामग्री फैलाउनेविरुद्ध प्रहरी आक्रामक

काठमाडौँ – सामाजिक सञ्जालमार्फत गलत सूचना, भ्रामक प्रचार र जातीय

एसिसी प्रिमियर कप : समूह चरणको अन्तिम खेलमा हङकङविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा

कृष्णभीरमा सडक भासिँदा लमजुङ-काठमाडौँ यात्रामा सास्ती

लमजुङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ–काठमाडौँ आवतजावत