उपसभामुखबारे अहिले निर्णयमा पुगेका छैनौँ : महामन्त्री बुर्लाकोटी « Khabarhub

उपसभामुखबारे अहिले निर्णयमा पुगेका छैनौँ : महामन्त्री बुर्लाकोटी


२० चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा सांसद कविन्द्र बुर्लाकोटीले उपसभामुखको विषयमा पार्टीले अहिलेसम्म कुनै निर्णय नगरेको बताएका छन्।

शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले हाल पार्टी सभामुखको निर्वाचनमै केन्द्रित भएकाले उपसभामुखबारे छलफल हुन नसकेको स्पष्ट पारे। 

‘अहिले हामी सभामुखको निर्वाचनमा केन्द्रित छौँ। उपसभामुखको विषयमा छलफल गर्ने अवसर नै पाएका छैनौँ,’ उनले भने, ‘सभामुखको निर्वाचनपछि मात्रै यसबारे पार्टीभित्र औपचारिक छलफल हुन्छ।’

उनले सभामुख पद आफैंमा मर्यादित र महत्वपूर्ण भएकाले पार्टीको ध्यान त्यसैमा केन्द्रित भएको पनि उल्लेख गरे ।संविधानअनुसार सभामुख सत्तापक्षबाट चयन भए उपसभामुख भने प्रतिपक्षलाई दिनुपर्ने व्यवस्था छ।

हाल सभामुख पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति डीपी अर्याललाई उम्मेदवार बनाएको छ भने नेकपा एमालेले गुरु बराललाई अघि सारेको छ। अन्य दलहरू पनि उम्मेदवारी दर्ता गर्ने तयारीमा रहेका छन्।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  १२ : ५३ बजे

थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा थाइल्यान्डसँग

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली– मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको इतिहासकै ठूलो वित्तीय