इरानको दाबी : अर्को एफ-३५ लडाकु विमान खसालियो, साउदी अरेबियाको बेसमा राडार विमान ध्वस्त « Khabarhub

इरानको दाबी : अर्को एफ-३५ लडाकु विमान खसालियो, साउदी अरेबियाको बेसमा राडार विमान ध्वस्त


२० चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


531
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरानले अर्को अमेरिकी एफ-३५ लडाकु विमान खसालेको दाबी गरेको छ। यो जानकारी इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स (आईआरजीसी)सँग सम्बन्धित फर्स न्यूज एजेन्सीको टेलिग्राम पोस्टमा दिइएको हो।

दाबीअनुसार उक्त लडाकु विमान इरानको आकाशमा उडिरहेको बेला लक्ष्य बनाएर खसालिएको हो। विमान पूर्ण रूपमा नष्ट भएको छ। त्यसमा रहेका पाइलटको अवस्थाबारे कुनै जानकारी प्राप्त भएको छैन ।

इरानको मेहर न्यूज एजेन्सीले पनि ठूलो विस्फोटका कारण पाइलट सुरक्षित रूपमा बाहिर निस्कन सक्ने सम्भावना निकै कम रहेको जनाएको छ। यसबारे अमेरिकी सेन्ट्रल कमाण्डले तत्काल कुनै प्रतिक्रिया दिएको छैन।

उता नयाँ स्याटेलाइट तस्वीरहरूले साउदी अरेबियाको प्रिन्स सुल्तान एयर बेसमा भएको इरानी हमलामा अमेरिकाको एक ई-३ सेन्ट्री विमान पूर्ण रूपमा नष्ट भएको देखाएका छन्।

एयरबसले उपलब्ध गराएर सीएनएनले प्राप्त गरेको २९ मार्चको तस्वीरमा विमानको बीच भाग गम्भीर रूपमा क्षतिग्रस्त देखिन्छ।

विमानको घुम्ने रडार डोम जमिनमा खसेको अवस्थामा देखिएको छ। क्षतिग्रस्त विमान वरिपरि धेरै सवारीसाधनहरू पनि देखिएका छन्।

तस्वीरमा आक्रमण भएको दुई दिनसम्म पनि विमानलाई सुरक्षित स्थानमा सारिएको नदेखिएको उल्लेख छ।

यस बाहेक, अन्य धेरै विमानहरू पनि खुला स्थानमा पार्क गरिएको देखिन्छन्, जसमा इन्धन भर्ने ट्यांकर विमान र ई-२ हवाकेई जस्ता निगरानी विमानहरू छन्। यो आक्रमण २७ मार्चमा भएको थियो, जसले एयर बेसमा ठूलो क्षति पुगेको थियो।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  १ : २४ बजे

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२