डीपी प्रतिनिधि सभाको सभामुखमा निर्विराेध निर्वाचित « Khabarhub

डीपी प्रतिनिधि सभाको सभामुखमा निर्विराेध निर्वाचित


२० चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल प्रतिनिधि सभाको सभामुखमा निर्विराेध निर्वाचित भएका छन् ।

शुक्रबार सभामुख पदमा उम्मेदवारी दर्ताका लागि तोकिएको समयमा अर्यालको मात्रै एकल उम्मेदवारी परेको संघीय संसद् सचिवालयले जनाएको छ ।

संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले सभामुख पदमा एकमात्रै उम्मेदवारी परेकाले चैत्र २२ गते बस्ने प्रतिनिधिसभा बैठकले अर्याललाई निर्विरोध निर्वाचित भएको घोषणा गर्ने जानकारी दिए । 

त्यसअघि शुक्रबार तोकिएको समयमा अर्यालले सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएका थिए  । अर्यालको उम्मेदवारीको प्रस्तावकमा रास्वपा सभापति रवि लामिछाने र समर्थकमा सांसद स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहेका छन् । 

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  २ : ४४ बजे

उडान अवरुद्ध हुँदा विदेशबाट ३८ शव ल्याउन समस्या : परराष्ट्र

काठमाडौं– परराष्ट्र मन्त्रालयले पश्चिम एसियामा युद्धका कारण उडान अवरुद्ध हुँदा

कैलालीका किसानलाई गहुँबाली भित्र्याउने चटारो

कैलाली– कैलालीका किसानलाई यतिबेला गहुँबाली भित्र्याउन चटारो छ । अचेल

नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले शैक्षिकसत्र सुरु भएपछि मात्रै विद्यालयहरूमा नयाँ भर्ना

सुरक्षा परिषदमा बहराइनको प्रस्तावलाई लिएर शक्ति राष्ट्रबीच मतभेद

न्यूयोर्क- होर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउने विषयमा तयार पारिएको संयुक्त

घुस रकमसहित प्रहरी निरीक्षक पक्राउ

धनुषा– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको मिथिला नगरपालिका–१० लालगढबाट सशस्त्र