वैदेशिक रोजगारीमा ७३ लाख बढी ठगी गर्ने चार पक्राउ « Khabarhub

वैदेशिक रोजगारीमा ७३ लाख बढी ठगी गर्ने चार पक्राउ


२० चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाउने भन्दै अवैध रूपमा रकम सङ्कलन गरी सम्पर्कविहीन भएका चार जनालाई प्रहरीले  पक्राउ गरेको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सल्यानका कर्णबहादुर राउत, तनहुँका आनन्द थापा, नवलपरासी (पूर्व)का राधिका पाठक पौडेल र मोरङका तिलक परियारलाई पक्राउ गरेको हो । 

पक्राउ परेका चारै जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । 

उनीहरूले विभिन्न व्यक्तिबाट ७३ लाख रुपैयाँ भन्दा बढी रकम ठगी गरेको कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए । 

राउतले ११ जनालाई फिनल्याण्ड पठाइदिने भन्दै ५७ लाख रुपैयाँ, थापाले माल्टा पठाउने भन्दै एक जनासँग  चार लाख ५० हजार, पौडेलले दुई जनासँग चार लाख २० हजार रुपैयाँ र परियारले सर्विया पठाइदिने भन्दै दुई जनासँगआठ लाख रुपैयाँ रकम लिई बेपत्ता भएका थिए । 
 

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  ५ : ०२ बजे

इलाममा धारिलो हतियार प्रहार गरी एक पुरुषको ह*त्या

इलाम- इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहार गरी एक पुरुषको

कपिलवस्तुमा ट्रकसँग दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकसँग दुई वटा मोटरसाइकल

चिनियाँ खानाको पहिचान बनेको सेतो कार्टनको रोचक इतिहास

वासिङ्टन – चिनियाँ खाना घर लैजान प्रयोग गरिने सानो सेतो

तातोपानी नाका तीन दिन खुल्ने

काठमाडौँ– तातोपानी नाका तीन खुल्ने भएको छ । यही कात्तिक

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त