एसइई परीक्षा : सङ्खुवासभामा उत्तरपुस्तिका परीक्षण सुरु « Khabarhub

एसइई परीक्षा : सङ्खुवासभामा उत्तरपुस्तिका परीक्षण सुरु


२० चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

किमाथांका– सङ्खुवासभामा माध्यमिक शिक्षा परीक्षा (एसइई) का उत्तरपुस्तिका परीक्षण सुरु गरिएको छ । सरकारले छिटो, व्यवस्थित र समयमै नतिजा प्रकाशन गर्ने उद्देश्यसहित परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्न निर्देशन दिएअनुसार जिल्लाभरका १७ वटै परीक्षा केन्द्रमा परीक्षण सुरु गरिएको हो ।  

आज दिउँसो १२ बजेदेखि १७ वटै परीक्षा केन्द्रको उत्तरपुस्तिका परीक्षण कार्य सुरु गरिएको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख गोपालमान भण्डारीले जानकारी दिए । आज साँझसम्म सक्ने गरी अङ्ग्रेजी र नेपाली विषयको उत्तरपुस्तिका परीक्षण सुरु गरिएको उनले बताए। 

उत्तरपुस्तिका परीक्षणका लागि फरक-फरक विद्यालयका विषयगत शिक्षक परिचालन गरिएको र सुरक्षाका लागि सीसीटिभी क्यामरा जडानलगायत आवश्यक प्रबन्ध गरिएको इकाई प्रमुख भण्डारीले जानकारी दिए ।

यहाँ जिल्लाभर दुई हजार ८४९ जना परीक्षार्थी रहेका छन् । जसमा नियमिततर्फ दुई हजार १२५ र ग्रेडवृद्धितर्फ पाँच सय २३ जना छन् ।
 

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  ५ : ११ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।