काठमाडौं– वर्षा र सहकालका देवताको रुपमा मानिने रातो मच्छिन्द्रनाथको मूर्तिलाई धूमधाम साथ महास्नान गराइएको छ ।
उपत्यकामै लामो जात्राको रुपमा मनाइने मच्छिन्द्रनाथको मूर्तिलाई शुक्रबार ललितपुरको लगनखेलस्थित डबलीमा स्नान गराइएको हो ।
प्रत्येक वर्ष चैतकृष्ण प्रतिपदाका दिन मच्छिन्द्रनाथलाई लगनखेल चोकस्थित यक्षरानी मायादेवीको मन्दिरमा लगेर महास्नान गर्ने परम्परा रहँदै आएको छ ।
नेपाल संवत् ४३३ अर्थात् विसं १३६९ मा गण्डकीका राजा रिपु मल्ल काठमाडौंं आई राज्य गरेपछि मच्छिन्द्रनाथलाई महास्नान गराउने चलन बसाएको इतिहास छ ।
महास्नानका लागि बागमतीबाट चोखो पानी ल्याउने चलन चल्दै आएको छ ।
स्नान र पूजा सकिएपछि मूर्तिलाई हेर्न नमिल्ने किम्बदन्तीअनुसार तःवहालको मन्दिरमा कपडाले छोपेर राख्ने प्रचलन रहेको छ । रातो मच्छिन्द्रनाथको जात्रा अन्तर्गत आगामी वैशाख ५ गते रथारोहण र वैशाख ८ गते मच्छिन्द्रनाथ रथ यात्रा प्रारम्भ हुदैछ ।

























प्रतिक्रिया