रातो मच्छिन्द्रनाथलाई महास्नान गराइयो « Khabarhub

रातो मच्छिन्द्रनाथलाई महास्नान गराइयो


२० चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वर्षा र सहकालका देवताको रुपमा मानिने रातो मच्छिन्द्रनाथको मूर्तिलाई धूमधाम साथ महास्नान गराइएको छ ।  

उपत्यकामै लामो जात्राको रुपमा मनाइने मच्छिन्द्रनाथको मूर्तिलाई शुक्रबार ललितपुरको लगनखेलस्थित डबलीमा स्नान गराइएको हो । 

प्रत्येक वर्ष चैतकृष्ण प्रतिपदाका दिन मच्छिन्द्रनाथलाई लगनखेल चोकस्थित यक्षरानी मायादेवीको मन्दिरमा लगेर महास्नान गर्ने परम्परा रहँदै आएको छ ।

नेपाल संवत् ४३३ अर्थात् विसं १३६९ मा गण्डकीका राजा रिपु मल्ल काठमाडौंं आई राज्य गरेपछि मच्छिन्द्रनाथलाई महास्नान गराउने चलन बसाएको इतिहास छ ।

महास्नानका लागि बागमतीबाट चोखो पानी ल्याउने चलन चल्दै आएको छ ।

स्नान र पूजा सकिएपछि मूर्तिलाई हेर्न नमिल्ने किम्बदन्तीअनुसार तःवहालको मन्दिरमा कपडाले छोपेर राख्ने प्रचलन रहेको छ । रातो मच्छिन्द्रनाथको जात्रा अन्तर्गत आगामी वैशाख ५ गते रथारोहण र वैशाख ८ गते मच्छिन्द्रनाथ रथ यात्रा प्रारम्भ हुदैछ । 

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  ६ : ३५ बजे

गणेशको परिवारलाई मधेश सरकारले घर बनाइदिने (तस्बिरहरू)

सिरहा– सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका किशोर गणेश यादवको

प्रधानमन्त्रीले आफूलाई सच्याए विकल्प खोज्नेतिर जाँदैनौँ : शिवशंकर यादव (अन्तर्वार्ता)

काठमाडौं– गत भदौको जेन-जी आन्दोलनबाट उदाएका नेता शिवशंकर यादव सिराहा

ग्यास संकटबीच सरकारको काम देखेर रामेश प्रसाईंले भने, ‘चुनावताका बोलेका कुरा सम्झिँदा आफैंलाई लाज लाग्छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले खाना

बैंक घोटाला प्रकरणमा तत्कालीन सिइओसहित तीनजना पक्राउ

नेपालगन्ज– कर्णाली डेभलपमेन्ट बैंकको घोटाला प्रकरणमा फरार रहेका तत्कालीन प्रमुख कार्यकारी