गेटा अस्पताल र पाठ्यपुस्तक छपाइबारे शिक्षामन्त्रीको चासो « Khabarhub

गेटा अस्पताल र पाठ्यपुस्तक छपाइबारे शिक्षामन्त्रीको चासो


२० चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जनक शिक्षा सामग्री केन्द्र लिमिटेड र चिकित्सा शिक्षा आयोगको स्थलगत निरीक्षण गरेका छन् । मन्त्री पोखरेलसहितको टोलीले आज भक्तपुरको सानोठिमीस्थित ती दुवै कार्यालयको अवलोकन भ्रमण गरेका हुन् ।

सो अवसरमा शिक्षामन्त्री पोखरेलले संस्थालाई सरकारको तर्फबाट आवश्यक सहयोग तथा सहजीकरण गर्ने बताए। उनले सहयोग र सहकार्यका सम्भावित क्षेत्रहरू पहिचान गरेर समन्वयका साथ अघि बढ्ने विश्वास व्यक्त गरे।

शिक्षामन्त्री पोखरेलले भने, ‘यी दुवै सरकारी संस्थाहरूलाई सरकारको तर्फबाट अझ थप सहयोग र सहकार्य हुनेछ । मन्त्रालय र निकायका पदाधिकारी बसेर कुन किसिमको समझदारी कायम गरेर अगाडि बढ्न सकिन्छ छलफल गरेर अगाडि बढ्नुपर्छ ।’

शिक्षामन्त्री पोखरेलले जनक शिक्षा केन्द्रमा पुस्तक छपाईलगायत अन्य संरचनाको निरीक्षण गर्नुका साथै केन्द्रको समग्र अवस्थाबारे जानकारी लिएका थिए । सो क्रममा उनले समयमा नै पुस्तक छापेर विद्यार्थीको हातहातमा पुर्याउन निर्देशन दिए ।

त्यस्तै, मन्त्री पोखरेलले चिकित्सा शिक्षा आयोगको अवस्था र गतिविधिबारे जानकारी लिए । उनले गेटा अस्पताल कैलालीलाई गेटा विश्वविद्यालय सञ्चालनका लागि कानुनी अड्चन के छन्, त्यसलाई फुकाएर अगाडि बढ्नुपर्नेमा जोड दिए । ती दुवै निकायका पदाधिकारीले संस्थाको वस्तुस्थिति, गतिविधि र आगामी कार्ययोजना प्रस्तुत गरेका थिए ।
 

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  ६ : ०८ बजे

गणेशको परिवारलाई मधेश सरकारले घर बनाइदिने (तस्बिरहरू)

सिरहा– सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका किशोर गणेश यादवको

प्रधानमन्त्रीले आफूलाई सच्याए विकल्प खोज्नेतिर जाँदैनौँ : शिवशंकर यादव (अन्तर्वार्ता)

काठमाडौं– गत भदौको जेन-जी आन्दोलनबाट उदाएका नेता शिवशंकर यादव सिराहा

ग्यास संकटबीच सरकारको काम देखेर रामेश प्रसाईंले भने, ‘चुनावताका बोलेका कुरा सम्झिँदा आफैंलाई लाज लाग्छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले खाना

बैंक घोटाला प्रकरणमा तत्कालीन सिइओसहित तीनजना पक्राउ

नेपालगन्ज– कर्णाली डेभलपमेन्ट बैंकको घोटाला प्रकरणमा फरार रहेका तत्कालीन प्रमुख कार्यकारी