प्रजातान्त्रिक आन्दोलनमा पत्रकारिता क्षेत्रको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री पाण्डे « Khabarhub

प्रजातान्त्रिक आन्दोलनमा पत्रकारिता क्षेत्रको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री पाण्डे


२० चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बागलुङ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पत्रकारिता क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।

आजदेखि बागलुङमा सुरु भएको मिडिया मेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले पत्रकारिता थप सुदृढ र प्रभावकारी बन्नुपर्ने बताए ।

सरकारले बाटो बिराउन खोजे पत्रकारितामार्फत खबरदारी जरुरी रहेको उनको भनाइ थियो । पत्रकारले नागरिकका समस्या सरकारसँग र सरकारका काम जनतासम्म पुर्याउने पुलको काम गर्दै आएको उनले उल्लेख गरे ।

मुख्यमन्त्री पाण्डेले भने, ‘पत्रकारितालाई थप व्यवस्थित गर्न जरुरी छ, अहिले ‘सोसल मिडिया’का कारण समाजमा सत्यभन्दा असत्य समाचारले स्थान पाउन थालेका छन्, यसले जनतामा भ्रम छर्ने र सही सूचना पाउनबाट वञ्चित गरेको छ, अब पत्रकार सत्यमा आधारित भएर पत्रकारितालाई सृदृढ बनाउन जरुरी छ ।’

मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकारले पत्रकारिताको वृत्ति विकास पत्रकारको क्षमता विकासका लागि लोककल्याणकारी विज्ञापन उपलब्ध गराउँदै आएको बताए ।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  ९ : २२ बजे

बाढी प्रभावितका लागि प्रभु बैंकको २ करोड ११ लाख रुपैयाँ सहयोग

काठमाडौं– प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

म्याक्रोनको बेलायत भ्रमण, ब्रेक्सिटपछि सम्बन्ध सुदृढ बनाउने प्रयास

लन्डन – फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले ब्रेक्सिटपछि बेलायत र युरोपेली सङ्घ

रसुवा बाढीबारे संसद्‌मा प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभा बैठकमा राष्ट्रका नाममा सम्बोधन

नेपालले जलवायु परिवर्तनको क्षतिपूर्ति पाउनुपर्छ : जगदीश खरेल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले जलवायु परिवर्तनका कारण

रसुवा बाढीका बेपत्ताको पहिचानका लागि डीएनए नमुना संकलन (तस्बिरहरू)

काठमाडौं– रसुवा बाढीमा बेपत्ता भएकाहरूको पहिचानका लागि महाराजगञ्जस्थित नेपाल प्रहरी