मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल « Khabarhub

मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल


२० चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको आर्थिक समृद्धिमा गैर आवासीय नेपालीको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।

गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०को प्रतिनिधिमण्डलसँग आज भएको छलफलमा उनले एनआरएनएले उठाउँदै आएका विभिन्न एजेन्डा महत्त्वपूर्ण भएकाले तिनलाई कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए ।

मन्त्री खनालले नागरिकतासम्बन्धी विषयमा केही कानुनी जटिलताका कारण थप अध्ययन र कानुन संशोधनको आवश्यकता रहेको उल्लेख गरे । देशलाई आर्थिक रूपान्तरण गर्न ठूला लगानी परियोजनामा ध्यान केन्द्रित गर्न आग्रह गर्दै उनले सेवा क्षेत्रमा पनि संस्थागत पहल आवश्यक रहेको बताए ।

पोर्चुगलमा रहेका नेपालीको समस्यालाई लिएर मन्त्रालयले मानवीय आधारमा पहल गरिरहेको जानकारी दिँदै उनले प्राविधिक कठिनाइ हुँदाहुँदै पनि मानवीय दृष्टिकोणबाट समाधान खोज्न सम्बन्धित देशसँग संवाद भइरहेको जानकारी दिए । सो छलफलमा एनआरएनएका पदाधिकारीले नागरिकता, लगानी, श्रम आप्रवासन र विदेशस्थित नेपालीहरूको सुरक्षासम्बन्धी विषय उठाएको एनआरएनए सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  १० : ३५ बजे

स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट १६ प्रतिशत नगद लाभांस घोषणा

काठमाडौँ– स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीलाई लाभांश

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

प्रधानमन्त्री राहत कोषमा सहयोग जुट्ने क्रम जारी

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र

इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन राइनोजबाट एनपीएल खेल्दै

चितवन– ‘एकदिवसीय’ र ‘टेष्ट म्याच’ मा अन्तर्राष्ट्रिय शतकसमेत बनाएका इङ्गल्याण्डका

काँकडभिट्टा नाकाबाट तीन महिनामा एक हजार बढी पर्यटक भित्रिए

झापा– पूर्वीनाका काँकडभिट्टा हुँदै तीन महिनामा एक हजार १०६ जना