विपिन र केकीको फिल्म ‘काजी’को गीत सार्वजनिक  « Khabarhub

विपिन र केकीको फिल्म ‘काजी’को गीत सार्वजनिक 


२० बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक विपिन कार्की र नायिका केकी अधिकारी शीर्ष भूमिकामा रहेको फिल्म ‘काजी’मा समावेश गीत ‘वारी वर पारी पिपलु’ सार्वजनिक भएको छ । 

निर्माण पक्षले राजधानीमा एक कार्यक्रमको आयोजना गरी फिल्मको पहिलो गीत सार्वजनिक गरेको हो । 

यस गीतको भिडियोमा फिल्मका शीर्ष कलाकार विपिन र केकी फिचर्ड छन् । 

यो गीतले फिल्म केही दशकअघिको कथामा बनेको संकेत गर्छ । विवाहपछि पहिलो पटक केकी माइत फर्किँदा भरियालाई बोकाएर कोशेली लगेको दृश्यले फिल्मको कथा केहीअघिको कालखण्डमा बनेको संकेत गर्छ । 

भिडियोमा यी दुई नयाँ विवाहित जोडीको भूमिकामा छन् ।

निर्माण पक्षका अनुसार फिल्मको भावअनुसार नै यो गीतको भिडियो तयार पारिएको हो । 

यो गीतको कारियोग्राफर कविराज गहतराज हुन् । गीतमा गंगा सोनाम र करण परियारको स्वर रहेको छ । शब्द र संगीत कालीप्रसाद बास्कोटाको रहेको छ । 

लक्ष्मण रिलाजको निर्देशनमा बनेको यस फिल्मको प्रदर्शन मिति जेठ ८ लाई तोकिएको छ । 

यसका लेखक प्रदीप भारद्धाज हुन् । 

प्रकाशित मिति : २० बैशाख २०८३, आइतबार  १ : ३८ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र