सरकारसँग तर्सिएका व्यवसायी फकाउँदै रविले भने : डराउनु पर्दैन, दुःख दिन चाहँदैनौँ « Khabarhub

सरकारसँग तर्सिएका व्यवसायी फकाउँदै रविले भने : डराउनु पर्दैन, दुःख दिन चाहँदैनौँ


२० बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निजी क्षेत्रलाई ढुक्क भएर काम गर्न आग्रह गरेका छन् । सरकारले उद्योगी–व्यवसायीलाई दुःख नदिने उनले स्पष्ट पारेका छन्।

आइतबार भएको निजी क्षेत्रसँगको छलफलमा उनले आफू धेरै बोल्नभन्दा सुझाव र समस्या सुन्न उपस्थित भएको बताए। ‘तपाईंहरू डराउनुपर्ने वा आत्तिनुपर्ने कुनै कारण छैन, हामी व्यवसायीलाई दुःख दिन चाहँदैनौं,’ उनले भने।

लामिछानेले रास्वपाले बाचापत्रमार्फत प्रस्तुत गरेका प्रतिबद्धताअनुसार वास्तविक अर्थतन्त्रको विकासका लागि रोडम्याप तयार गरिएको जानकारी दिए।

निजी क्षेत्रका समस्या समाधान, उत्पादनमुखी अर्थतन्त्रको विकास र जनजीवनसँग प्रत्यक्ष जोडिने नीति ल्याउन सरकार केन्द्रित रहेको उनले बताए ।

उनले केही सीमित समूहले अर्थतन्त्र नियन्त्रण गर्ने प्रवृत्तिविरुद्ध भने सरकार कडा रूपमा प्रस्तुत हुने बताए। ‘देशको अर्थतन्त्रलाई मुठ्ठीमा राख्ने प्रयास रोक्न सरकारले निर्मम कदम चाल्नुपरेको हो,’ उनले भने ।

लामिछानेले आयकरको दर घटाउने, रुग्ण उद्योग सञ्चालनमा ल्याउने, निजी क्षेत्रलाई प्रोत्साहन गर्ने र लगानीमैत्री वातावरण बनाउनेतर्फ सरकार सकारात्मक रहेको बताए।

जलविद्युत क्षेत्रमा घाटामा रहेका कम्पनीलाई आईपीओ जारी गर्न नदिने नीति पनि स्पष्ट रहेको उनले बताए।

उनका अनुसार नेपालमा रोजगारी सिर्जनामा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै सरकारले उद्योगी–व्यवसायीको क्षमता र सहकार्यलाई आधार मानेर अघि बढ्ने छ।

एलडीसी ग्राजुएसनपछि देखिन सक्ने चुनौती समाधान गर्न सरकार तयार रहेको उनले बताए। साथै एमआरपी, आयात–नियन्त्रण, लाइसेन्स प्रक्रिया छिटो बनाउने लगायतका विषय आगामी बजेटमार्फत सम्बोधन गरिने जानकारी दिए।

वन ऐन संशोधन, सुशासनको प्रवर्द्धन र आर्थिक सुधारलाई सरकारको प्राथमिकतामा राखिएको उनले उल्लेख गरे। केही निर्णयले तत्काल असहजता ल्याए पनि दीर्घकालमा त्यसले सकारात्मक परिणाम दिने उनको दाबी थियो।

नदी किनारका जोखिमयुक्त बस्ती व्यवस्थापनबारे पनि उनले सरकारले कसैलाई घरबारविहीन नबनाउने स्पष्ट पारे। ‘सुरक्षित स्थानमा स्थानान्तरण गर्दै सबैको सुरक्षा सुनिश्चित गर्ने सरकारको योजना छ,’ उनले भने।

उक्त अन्तरसंवाद कार्यक्रममा लामिछानेले आगामी दिनमा निजी क्षेत्रसँग निरन्तर संवाद र सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित मिति : २० बैशाख २०८३, आइतबार  ४ : ०२ बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद