आइपीएल : कोलकाताको लगातार तेस्रो जित, हैदरावाद ८० रनले पराजित « Khabarhub

आइपीएल : कोलकाताको लगातार तेस्रो जित, हैदरावाद ८० रनले पराजित


२० बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई पराजित गर्दै लगातार तेस्रो जित हात पारेको छ ।

इडेन गार्डेन, कोलकातामा आइतबार दिउँसो भएको खेलमा कोलकाताले हैदरावादलाई ८० रनको फराकिलो अन्तरले हराएको हो । जितसँगै कोलकाताले अंक तालिकामा सुधार गर्दै चार खेलबाट चार अंक जोडेको छ भने पाँचौँ स्थानमा उक्लिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०० रन बनाएको थियो। टोलीका लागि वेंकटेश अय्यरले ६० रनको उत्कृष्ट इनिङ खेले भने अंगकृत रघुवंशीले ५० रन बनाए । कप्तान अजिन्क्या रहाणेले ३८ र रिन्कु सिंहले अविजित ३२ रनको योगदान दिए ।

२०१ रनको लक्ष्य पछ्याएको हैदरावाद भने १६.४ ओभरमै सबै विकेट गुमाउँदै १२० रनमा समेटियो । हैदरावादका लागि हेनरिक क्लासनले सर्वाधिक ३३ रन बनाए भने अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।

बलिङतर्फ कोलकाताका वैभव अरोरा र वरुण चक्रवर्तीले समान ३–३ विकेट लिएर टोलीको जित सुनिश्चित गरे ।
यस हारसँगै हैदरावादले लगातार तेस्रो पराजय बेहोरेको छ र अंक तालिकाको पुछारतिर झरेको छ ।

प्रकाशित मिति : २० बैशाख २०८३, आइतबार  १० : ५२ बजे

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन

पेरिस– गत साता भएका प्रदर्शनका क्रममा वर्षौँयताकै गम्भीर सहरी हिंसा

सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको शव भेटियो

मनाङ– गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव

जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

 काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले

आईसीयू नहुँदा राप्ती प्रादेशिक अस्पतालका गम्भीर बिरामी जिल्ला बाहिर रेफर

तुलसीपुर– दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष (आईसीयू)

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम