अर्थमन्त्रीको गैरकानुनी हर्कत, आर्थिक विधेयकमा सुटुक्क ११ पेज हटाए « Khabarhub

अर्थमन्त्रीको गैरकानुनी हर्कत, आर्थिक विधेयकमा सुटुक्क ११ पेज हटाए


२० जेष्ठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले गम्भीर गैरकानुनी हर्कत गरेको फेला परेको छ । उनले आगामी आर्थिक वर्षको बजेटसँगै सरकारको तर्फबाट ल्याइएको आर्थिक विधेयकमा पटक–पटक हेराफेरि गरेको फेला परेको हो ।

अर्थमन्त्री डा वाग्लेले जेठ १५ गते सदनमा बजेट प्रस्तुत गरेपश्चात विगतकै परम्पराअनुरूप आर्थिक विधेयक पनि प्रस्तुत गरेका थिए । जुन विधेयकलाई अर्थमन्त्रालयले लगत्तै वेबसाइटमार्फत सार्वजनिक गरेको थियो । 

तर, सदनमा एउटा विधेयक प्रस्तुत गरेपछि फेरि पनि गोप्यरूपमा अर्थ मन्त्रालयले थप दुईपटक आर्थिक विधेयक भित्रका विषयवस्तुमा हेराफेरि गरेर २ पटक विधेयक परिवर्तन गरेको हो ।

आर्थिक विधेयक अर्थमन्त्रीले संसदमा प्रस्तुत गर्छ, जुन विधेयकमा भएका कतिपय व्यवस्थाहरू सोही दिनबाट कानुनको रूपमा लागू हुन्छन् भने कतिपय व्यवस्थाहरू साउन १ गतेबाट लागू हुन्छन् । अर्थविद् डा गोविन्द नेपालकाअनुसार संसदमा पेश भएको आर्थिक विधेयकलाई परिमार्जन गर्ने अधिकार मन्त्रिपरिषद्को बैठकले मात्रै राख्छ ।

तर, संसदमा पेश भएको आर्थिक विधेयक अहिलेसम्म मन्त्रिपरिषद्ले परिमार्जन गरेको निर्णय सार्वजनिक भने भएको छैन ।

तर, अर्थमन्त्री डा वाग्लेले भने विधेयकमा भएका विभिन्न व्यवस्थालाई पटक–पटक परिमार्जन गरेर विभिन्न स्वार्थसमूहको माग बमोजिम हेराफेरि गर्ने काम गरेको हुनसक्ने देखिएको छ । जुन विषयमा सत्तापक्ष वा विपक्षले समेत अहिलेसम्म संसदमा आवाज उठाएका छैनन् ।

के–के व्यवस्थामा भयो छेडखानी ?

अहिले अर्थमन्त्रालयको वेबसाइटमा ४५० पृष्ठको नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८३ रहेको छ । तर, यस अघि एकपटक ४६१ र एकपटक ४५९ पृष्ठको आर्थिक विधेयक मन्त्रालयको वेबसाइटमा अपलोड गरिएको थियो ।

पहिले सार्वजनिक भएको विधेयकको पुस्तिकाबाट ११ पेज नै अहिले हटाइएको छ । जहाँ पेट्रोलियम पदार्थमा लाग्ने हरित कर, विद्युतीय सवारी साधनमाथिको कर, एचएसकोडको सूची लगायतका धेरै विषय परिमार्जन गरिएका छन् ।

प्रकाशित मिति : २० जेष्ठ २०८३, बुधबार  ११ : ५७ बजे

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने