सरकारलाई ओलीले भने- उत्ताउलिएर अघि नबढ्नू, अहिलेको स्थिति धेरै पर जाँदैन « Khabarhub

सरकारलाई ओलीले भने- उत्ताउलिएर अघि नबढ्नू, अहिलेको स्थिति धेरै पर जाँदैन


२० जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई अहिलेको स्थिति धेरै नचल्ने चेतावनी दिएका छन् । 

सदस्यता नवीकरण कार्यशालालाई सम्बोधन गर्दै ओलीले परिस्थिति एकैसाथ नरहने बताउँदै धेरै उताउलिएर सरकारलाई काम नगर्न समेत आग्रह गरेका छन् । 

निर्वाचनपछि पहिलोपटक सार्वजनिक भएर कार्यक्रममा बोलेका ओलीले भने, ‘राज्य संयन्त्रमा रहेका व्यक्तिहरूलाई म भन्न चाहन्छु समय र परिस्थिति एकनास हुँदैन । उताउलिएर धेरै अगाडि नबढ्नुहोला। अहिलेको स्थिति धेरै चल्दैन ।’

उनले अराजकता कति समयको पाहुना हो भनेर समेत प्रश्न गरेका छन् । ओलीले निर्वाचन एउटा तमासा भएको समेत टिप्पणी गरेका छन् । 

‘चुनाव एउटा तमासा थियो मतदातासँग भेटेका छौँ कुरा गरेका छौँ । अधिकांश मतदाता त व्यक्तिगत रुपमा चिनेका छौँ ।’ ओलीले भने,’डबल मत खारेज भएर जित्ने स्थिति आउनु भनेको पूर्व निर्धारित योजना हो । यो परिणामलाई स्विकारेर संसद्मा सहभागी भइरहेका छौँ ।’

प्रकाशित मिति : २० जेठ २०८३, बुधबार  १ : ०५ बजे

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने

आतङ्कवादविरुद्ध अन्तर्राष्ट्रिय सहकार्य थप आवश्यक : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– संयुक्त राष्ट्रसङ्घले आतङ्कवादको बदलिँदो स्वरूप र प्रविधिको बढ्दो दुरुपयोगसँगै यसविरुद्ध

पशुपति क्षेत्रमा तीजका लागि सफाइ

काठमाडौं– हरितालिका (तीज) को तयारीस्वरूप पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ

नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालन

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर

अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन मधेश सरकारको निर्देशन

जनकपुर– मधेश प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र जिम्मेवारी नदिन