सरकारलाई ओलीले भने- उत्ताउलिएर अघि नबढ्नू, अहिलेको स्थिति धेरै पर जाँदैन « Khabarhub

सरकारलाई ओलीले भने- उत्ताउलिएर अघि नबढ्नू, अहिलेको स्थिति धेरै पर जाँदैन


२० जेष्ठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई अहिलेको स्थिति धेरै नचल्ने चेतावनी दिएका छन् । 

सदस्यता नवीकरण कार्यशालालाई सम्बोधन गर्दै ओलीले परिस्थिति एकैसाथ नरहने बताउँदै धेरै उताउलिएर सरकारलाई काम नगर्न समेत आग्रह गरेका छन् । 

निर्वाचनपछि पहिलोपटक सार्वजनिक भएर कार्यक्रममा बोलेका ओलीले भने, ‘राज्य संयन्त्रमा रहेका व्यक्तिहरूलाई म भन्न चाहन्छु समय र परिस्थिति एकनास हुँदैन । उताउलिएर धेरै अगाडि नबढ्नुहोला। अहिलेको स्थिति धेरै चल्दैन ।’

उनले अराजकता कति समयको पाहुना हो भनेर समेत प्रश्न गरेका छन् । ओलीले निर्वाचन एउटा तमासा भएको समेत टिप्पणी गरेका छन् । 

‘चुनाव एउटा तमासा थियो मतदातासँग भेटेका छौँ कुरा गरेका छौँ । अधिकांश मतदाता त व्यक्तिगत रुपमा चिनेका छौँ ।’ ओलीले भने,’डबल मत खारेज भएर जित्ने स्थिति आउनु भनेको पूर्व निर्धारित योजना हो । यो परिणामलाई स्विकारेर संसद्मा सहभागी भइरहेका छौँ ।’

प्रकाशित मिति : २० जेष्ठ २०८३, बुधबार  १ : ०५ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का