राष्ट्रिय सभामा पनि प्रधानमन्त्रीको निरन्तर विरोध, बैठक २६ गतेसम्मलाई स्थगित « Khabarhub

राष्ट्रिय सभामा पनि प्रधानमन्त्रीको निरन्तर विरोध, बैठक २६ गतेसम्मलाई स्थगित


२० जेष्ठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल–भारत सीमासम्बन्धी विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन माग गर्दै सांसदहरूले गरेको विरोधका कारण राष्ट्रियसभा बैठक जेठ २६ गते बस्नेगरि स्थगित भएको छ । 

बुधबार राष्ट्रियसभा सुरु हुने बित्तिकै राष्ट्रियसभाका सांसदहरूले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति नसच्याएसम्म बैठकको काम कारबाही अघि बढ्न नदिने अडानसहित उठेर विरोध जनाएपछि बैठक एक सातापछि बस्नेगरि स्थगित गरिएको हो ।

त्यसअघि बैठकमा राष्ट्रियसभा सदस्य सुनिल बहादुर थापाले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति गैरजिम्मेवार र तथ्यहीन भएकाले माफी माग्दै अभिव्यक्ति फिर्ता लिनुपर्ने बताए । 

उनले प्रधानमन्त्रीको अभिव्यक्ति अपरिपक्व भएकाले यसका कारण छिमेकी राष्ट्रसँगको सम्बन्धमा समेत नकारात्मक असर पर्ने उल्लेख गरे । प्रधानमन्त्रीसँग सीमा मिचेको तथ्य भए संसद्मा प्रस्तुत गर्न उनले माग गरे । 

सांसदहरूले निरन्तर उठेर विरोध जनाएपछि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले बसेर सदन सञ्चालनका लागि आग्रह गरेका थिए तर विरोध कायमै रहेपछि उनले जेठ २६ गते बस्नेगरि बैठक स्थगित गरे । 

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सांसदहरूको विरोधका कारण राष्ट्रियसभाको बैठक केहिदिन देखि प्रभावित हुँदै आएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८३, बुधबार  १ : ४६ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली