अदालतको आदेशपछि कालापानीमा डोजर चल्छ : डिभिजन प्रमुख रेग्मी « Khabarhub

अदालतको आदेशपछि कालापानीमा डोजर चल्छ : डिभिजन प्रमुख रेग्मी


२० जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लामा वन क्षेत्र अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचना हटाउने अभियान अब जिल्लाको शैलुङ कालापानी क्षेत्रबाट सुरु हुने भएको छ । 

डिभिजन वन कार्यालय दोलखाले अदालतको आदेश आउने बित्तिकै अतिक्रमित क्षेत्रमा डोजर चलाएर संरचना हटाउने तयारी पूरा भएको जनाएको छ ।

नेपाल पत्रकार महासंघ दोलखाले बुधबार चरिकोटमा आयोजना गरेको वन तथा वातावरणसम्बन्धी अन्तरक्रिया कार्यक्रममा डिभिजन वन कार्यालय दोलखाका प्रमुख अनिल रेग्मीले वन क्षेत्रको अतिक्रमण हटाउने कार्य अब ढिलाइ नगरी अघि बढाइने बताएका हुन् ।

कालापानीमा अदालतको आदेश पर्खाइ

कार्यक्रममा बोल्दै प्रमुख रेग्मीले शैलुङ गाउँपालिकाको कालापानी क्षेत्रमा भएको वन अतिक्रमण सम्बन्धी मुद्दामा अदालतले केही दिनभित्रै फैसला दिने अपेक्षा गरिएको बताए । 

अदालतबाट आदेश प्राप्त हुने बित्तिकै अतिक्रमित संरचना हटाउन डोजर परिचालन गरिने उनको भनाइ थियो ।

‘कालापानीबाट अतिक्रमण हटाउने अभियान सुरु हुनेछ । अदालतको आदेश आए लगत्तै कार्यान्वयनमा जान्छौँ,’ उनले भने ।

संस्थागत अतिक्रमण बढी

डिभिजन वन कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार दोलखाका दुई नगरपालिका र सात गाउँपालिकामा गरी ४४ दशमलव ८४ हेक्टर सार्वजनिक जग्गा अतिक्रमण भएको छ ।

त्यसमध्ये ५ दशमलव ५८ हेक्टर व्यक्तिगत र ३९ दशमलव २६ हेक्टर संस्थागत रूपमा अतिक्रमण भएको तथ्यांकले देखाएको छ। जिल्लामा व्यक्तिगत प्रयोजनभन्दा संस्थागत रूपमा वन क्षेत्र अतिक्रमण बढी भएको प्रमुख रेग्मीले जानकारी दिए ।

वन संरक्षणमा पत्रकारको चासो 

नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष प्रभु जिरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लाका सञ्चारकर्मीहरूले वन संरक्षण, वातावरणीय सन्तुलन, वन अतिक्रमण नियन्त्रण तथा सार्वजनिक जग्गा संरक्षणका विषयमा जिज्ञासा राखेका थिए ।

कार्यक्रममा वन तथा वातावरण संरक्षणका लागि सरकारी निकाय, स्थानीय तह, सञ्चारमाध्यम र समुदायबीच समन्वय आवश्यक रहेकोमा जोड दिइएको थियो । 

पछिल्ला दिनमा सार्वजनिक तथा वन क्षेत्र फिर्ता गराउने विषयमा जिल्लाभर बहस चलिरहेका बेला डिभिजन वन कार्यालयले अतिक्रमण हटाउने अभियान तीव्र बनाउने संकेत दिएको छ । सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : २० जेठ २०८३, बुधबार  ३ : ३८ बजे

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं – हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको