७०० मिटर तल भेटियो जलविद्युत कर्मचारीको शव « Khabarhub

७०० मिटर तल भेटियो जलविद्युत कर्मचारीको शव


२० जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

दोलखा– दोलखाको गौरीशङ्कर गाउँपालिका–७, कोप्लाङ स्थित ग्रिन लाइफ हाइड्रोपावरमा कार्यरत एक युवकको भीरबाट खसेर मृत्यु भएको छ।

मृत्यु हुनेमा रोल्पाका २७ वर्षीय निमराज के.सी. रहेका छन् । उनी आयोजनास्थल नजिकैको भीरबाट खसेपछि बेपत्ता भएका थिए । घटनाको जानकारी प्राप्त भएपछि सिङ्गटी बेसबाट सशस्त्र प्रहरी नायब निरीक्षक शेखर कार्कीको कमान्डमा उद्धार टोली परिचालन गरिएको थियो ।

विकट तथा जोखिमपूर्ण भू–भागमा रहेको उक्त भीरको करिब ७०० मिटर तलबाट सशस्त्र प्रहरीको टोलीले निमराजको शव फेला पारेको हो । शव फेला परेपछि प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरेको जनाएको छ ।

सशस्त्र प्रहरीका अनुसार मुचुल्का लगायतका कानुनी प्रक्रिया सम्पन्न गरी शव मृतकका आफन्तलाई बुझाइसकिएको छ। 

यस घटनाले जलविद्युत आयोजनामा कार्यरत श्रमिकहरूको कार्यस्थल सुरक्षा र जोखिम व्यवस्थापनका विषयमा पुनः ध्यानाकर्षण गराएको छ । सुवाश बस्नेत/ दोलखा

प्रकाशित मिति : २० जेठ २०८३, बुधबार  ७ : १८ बजे

बिदुरमा राहत सामग्री देखाएर फोटो खिच्नेको भीड छ, अन्यत्रका बाढीपीडित भोकै छन् : स्वास्थ्यकर्मी भट्टराई

नुवाकोट– गत बुधबार भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटको

त्रिशूली–३ ‘बी’को क्याम्प लेदोले पुरिँदा ४३ जना सम्पर्कविहीन, उद्धारमा ढिलाइ नगर्न माग

काठमाडौँ– अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्रमा भदौ १०

मालवस्तु ‘कन्टेनर’ कोरलानाकातर्फ ‘डाईभर्ट’ हुँदै

मुस्ताङ– रसुवागढी–केरुङतर्फबाट पैठारी गरिने मालवस्तु र कन्टेनर धमाधम मुस्ताङको कोरलानाकातर्फ

रसुवाबाट पत्रकार आचार्यको हारगुहार : ‘एकपटक जंगल र खोल्साखोल्सीमा ड्रोनबाट हेरिदिनुस्’

काठमाडौँ– रसुवामा आएको विनाशकारी बाढीपछि बेपत्ता तथा सम्पर्कविहीन आफन्तको खोजी

खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल

बझाङ– खप्तडमा स्वास्थ्योपचार पाउनु चुनौतीपूर्ण छ । समुद्री सतहबाट तीन