भारत-नेपाल स्टार्टअप साझेदारी कार्यक्रमको दोस्रो सत्र सुरू, २५ नेपाली स्टार्टअप भारतमा « Khabarhub

भारत-नेपाल स्टार्टअप साझेदारी कार्यक्रमको दोस्रो सत्र सुरू, २५ नेपाली स्टार्टअप भारतमा


२० जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारत-नेपाल स्टार्टअप साझेदारी सञ्जाल (इन-स्पान) कार्यक्रमको दोस्रो समूह (कोहोर्ट) अन्तर्गत २५ नेपाली स्टार्टअपले भारतको चेन्नईस्थित आईआईटी मद्रास प्रवर्तक टेक्नोलोजिज फाउन्डेसनमा आठ साताको पूर्ण छात्रवृत्तियुक्त प्रशिक्षण तथा नवप्रवर्तन कार्यक्रममा सहभागिता जनाएका छन् ।

जुन १ देखि सुरु भएको कार्यक्रममा सहभागी स्टार्टअपहरूलाई भारतीय प्रविधि तथा स्टार्टअप इकोसिस्टमसँग जोड्ने, सीमा-पार नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने तथा भारत-नेपालबीच दीर्घकालीन उद्यमशील साझेदारी निर्माण गर्ने उद्देश्य रहेको छ।

कार्यक्रमको उद्घाटन समारोहमा आईआईटी मद्रास प्रवर्तकका प्राध्यापक मंगला सुन्दर, गौरव रैना, प्रीति अघालयम तथा प्रमुख कार्यकारी अधिकृत एम. जे. शंकर रमण सहभागी थिए।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भर्चुअल माध्यमबाट सम्बोधन गर्दै सहभागी स्टार्टअपहरूलाई भारतीय स्टार्टअप क्षेत्रसँग सहकार्यका अवसरहरू खोज्न आग्रह गरेका थिए।

भारतीय दूतावासका अनुसार इन-स्पान भारत र नेपालबीचको पूर्ण वित्तपोषित द्विपक्षीय कार्यक्रम हो। यो कार्यक्रम आईआईटी मद्रास प्रवर्तक टेक्नोलोजिज फाउन्डेसनसँगको सहकार्यमा सञ्चालन भइरहेको छ।

यसअघि डिसेम्बर २०२५ देखि जनवरी २०२६ सम्म सञ्चालन गरिएको पहिलो समूहमा करिब २५० आवेदनमध्ये छनोट भएका २४ नेपाली उद्यमी सहभागी भएका थिए।

साइबर सुरक्षा, ई-कमर्स, कृत्रिम बुद्धिमत्ता (एआई), शिक्षा प्रविधि, स्वास्थ्य, ड्रोन प्रविधि, कृषि प्रविधि, जलवायु प्रविधि, एरोस्पेस तथा फिनटेकलगायतका क्षेत्रमा काम गरिरहेका स्टार्टअपहरू कार्यक्रममा सहभागी थिए।

आठ सातासम्म सञ्चालन भएको उक्त कार्यक्रममा सहभागीहरूले आईआईटी मद्रासका प्राध्यापकबाट प्रशिक्षण लिनुका साथै भारतीय स्टार्टअपका २५ भन्दा बढी प्रमुख कार्यकारी अधिकृतहरूसँग अन्तरक्रिया गरेका थिए। साथै कृत्रिम बुद्धिमत्ता, सेमिकन्डक्टर र सौर्य ऊर्जा प्रविधिसम्बन्धी सीप विकास तालिम तथा भारतीय स्टार्टअपहरूमा इन्टर्नसिपको अवसर पनि पाएका थिए।

कार्यक्रमको पहिलो समूहबाट ९ नेपाली स्टार्टअपले आईआईटी मद्रास इन्क्युबेसन सेल र आईआईटी मद्रास प्रवर्तकबाट इन्क्युबेसन तथा लगानी प्रस्ताव प्राप्त गरेका थिए।

आईआईटी मद्रास इन्क्युबेसन सेल भारतको अग्रणी ‘डिप-टेक’ इन्क्युबेटरमध्ये एक मानिन्छ, जसको संयुक्त पोर्टफोलियो मूल्य ६ अर्ब अमेरिकी डलरभन्दा बढी रहेको बताइएको छ।

सुरुमा वार्षिक कार्यक्रमका रूपमा परिकल्पना गरिएको इन-स्पानप्रति नेपाली स्टार्टअप समुदायबाट उल्लेखनीय रुचि देखिएपछि दोस्रो समूहलाई निर्धारित समयभन्दा अघि नै जुन २०२६ मा सञ्चालन गरिएको भारतीय दूतावासले जनाएको छ।

यसपटक ३८० आवेदनमध्ये छनोट भएका २५ स्टार्टअपहरू कृत्रिम बुद्धिमत्ता, जैविक प्रविधि, स्वच्छ प्रविधि, फिनटेक, स्वास्थ्य प्रविधि, कृषि प्रविधि, ई-कमर्स, मोबिलिटी, उत्पादन तथा निर्माण प्रविधि, एफएमसीजी, एरोस्पेस, इन्टरनेट अफ थिङ्स (आईओटी) र सफ्टवेयर-एज-ए-सर्भिस (सास) लगायतका क्षेत्रमा सक्रिय छन्।

प्रकाशित मिति : २० जेठ २०८३, बुधबार  ७ : १८ बजे

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व

दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम

काठमाडौं – दुई डिमान्डेड नायकहरू दयाहाङ राई र सौगात मल्ललाई

मगर समुदायले काठमाडौंमा मनाए भूमे पर्व (तस्बिरहरू)

काठमाडौं– मगर समुदायले भूमे अर्थात् प्रकृतिको पूजाआजा गर्दै मनाउने पर्व