रेबिजविरुद्धको खोप अभावले सुदूरपश्चिममा समस्या « Khabarhub

रेबिजविरुद्धको खोप अभावले सुदूरपश्चिममा समस्या


२० जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – सुदूरपश्चिममा रेबिजविरुद्धको खोप अभाव हुँदा सेवाग्राही समस्यामा परेका छन् । प्रदेशका सरकारी स्वास्थ्य संस्थामा रेबिजविरुद्धको खोप अभाव भएपछि बिरामीहरू प्रभावित भएका हुन् । कुकुर, स्याल तथा अन्य जनावरको टोकाइपछि तत्काल लगाउनुपर्ने खोप अस्पतालमा उपलब्ध नभएपछि उपचारका लागि पुगेका सेवाग्राही समस्यामा परेका हुन् ।

महाकाली प्रादेशीक अस्पतालका निमित्ति मेडिकल सुपरिटेन्डेन डा अर्जुन भट्टले आपूर्ति केन्द्रबाट रेबिजविरुद्धको खोप नआएपछि समस्या भएको बताए ।

‘अस्पतालमा दैनिक ४०र५० जना बिरामीहरू रेबिजविरुद्धको खोप लगाउन आउँछन्, हामीसँग खोप उपलब्ध छैन’, उनले भने, ‘जेठदेखि प्रदेश आपूर्ति केन्द्रबाट खोप नआएपछि अस्पतालले सेवा दिन सकेको छैन ।’ धनगढीस्थित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले सुदूरपश्चिममा मात्रै नभई नेपालभर खोप उपलब्ध हुन नसकेको जनाएको छ ।

आपूर्ति व्यवस्थापन केन्द्रका जनस्वास्थ्य अधिकृत महेश भण्डारीले प्रदेशका सबै अस्पतालहरूमा रेबिजविरुद्धको खोप उपलब्ध हुन नसकेको बताए ।

‘सुदूरपश्चिममा मात्रै नभई अहिले मुलुकभर रेबिजविरुद्धको खोप अभाव छ,’ उनले भने, ‘कहिलेसम्म आपूर्ति हुन्छ भन्ने यकिन भइसकेको छैन ।’ प्रदेश आपूति केन्द्रबाट सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, महाकाली प्रादेशिक अस्पताल र ९ वटै जिल्लाका विभिन्न अस्पताल र स्वास्थ्यचौकीमा खोप उपलब्ध गराउँदै आएको छ ।

प्रदेशका विभिन्न अस्पतालमा खोप अभावका कारण कतिपय बिरामीलाई निजी स्वास्थ्य संस्थामा महङ्गो शुल्क तिरेर खोप लगाउन बाध्य हुनुपरेको छ । ‘सरकारी अस्पतालमा खोप पाइएन निजी स्वास्थ्य संस्थाबाट रु ६४५ मा खरिद गर्यौं त्यो पनि सहजै पाइएन,’ आज खोपका लागि महाकाली अस्पताल पुगेका सेवाग्राही लिलि कुवँरले भने, ‘तीन पटक लगाउनुपर्ने खोप अर्को पटक नपाउने होकि भन्ने चिन्ता छ ।’

प्रकाशित मिति : २० जेठ २०८३, बुधबार  ८ : ३६ बजे

जस्टिन ग्रिभ्सको ऐतिहासिक कीर्तिमान : लगातार ५ ओभरमा मेडन ५ विकेट

काठमाडौँ – वेस्ट इन्डिजका अलराउन्डर जस्टिन ग्रिभ्सले पाकिस्तानविरुद्ध जारी पहिलो

अमेरिका-इरान :आक्रमण रोकेर नेतान्याहु वासिङ्टन पुगे

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन र तेहरानबीच ‘अत्यन्त

चिकित्सक संघबाट आज देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्दकाे घाेषणा

काठमाडौँ– नेपाल चिकित्सक संघले आज (मंगलबार) देशैभरका सरकारी, गैरसरकारी र

अमेरिका-इरान कूटनीतिक वार्ताको प्रयास, हर्मुजमा अझै खिचातानी

वासिङ्टन – अमेरिका र इरानबीच लगातार तेस्रो दिन पनि आक्रमण

विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

झापा– झापाको मेचीनगर नगरपालिका– ६ काँकरभिट्टास्थित अरुणोदय इङ्ग्लिस बोर्डिङ स्कुलको