क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा, अर्को चरणमा स्पेनसँग भिड्ने « Khabarhub

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा, अर्को चरणमा स्पेनसँग भिड्ने

रोनाल्डोलाई सब्सिच्युट गर्ने निर्णयको चर्चा


१९ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


990
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ ।

इन्जुरी समयमा क्रोएसियाले गरेको गोललाई रेफ्रीले अपसाइट दिएपछि सनसनीपूर्ण खेलमा पोर्चुगल विजयी भएको हो । यो निर्णयपछि मैदानमा केही समय विवादसमेत भएको थियो ।

टोरन्टोमा भएको अन्तिम ३२ को रोमाञ्चक भिडन्तमा पोर्चुगलले क्रोएसियालाई २–१ ले पराजित गरेको हो । यो जितसँगै पोर्चुगलले अर्को चरणमा बलियो प्रतिद्वन्द्वी स्पेनसँगको भेट पक्का गरेको छ ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफ निकै रोमाञ्चक बनेको थियो । खेलको ५३ औँ मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई सुरुवाती अग्रता दिलाएका थिए । एक गोलले पछि परेको पोर्चुगलका लागि ६८ औँ मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए ।

खेल बराबरीमै सकिन लाग्दा पोर्चुगलका प्रशिक्षकले ८१ औँ मिनेटमा रोनाल्डोलाई मैदानबाट निकाल्दै युवा खेलाडीलाई मौका दिएका थिए । रोनाल्डो जस्ता दिग्गज खेलाडीलाई यस्तो संवेदनशील समयमा मैदानबाहिर बोलाउने निर्णयको बारेमा चर्चा सुरु भएको छ । विश्लेषण गर्दै पूर्व खेलाडी स्टीफन वार्नकले भने, “नामलाई एकातिर छाडेर हेर्ने हो भने, खेलको गति र रणनीतिका हिसाबले यो एकदमै सही निर्णय थियो ।”

प्रशिक्षकको रणनीति खेलको अन्तिम समयमा फलदायी देखियो । ९० मिनेटको नियमित समयपछि थपिएको इन्जुरी समयको चौथो मिनेटमा राफायल लियाओको उत्कृष्ट क्रसलाई सदुपयोग गर्दै गोन्सालो रामोसले हेडमार्फत सानदार गोल गरे ।

रामोसको सोही गोल नै पोर्चुगलका लागि निर्णायक साबित भयो र क्रोएसिया विश्वकपको यात्राबाट बाहिरिन पुग्यो । अब क्वाटरफाइनल प्रवेशका लागि सोमबार पोर्चुगलले अस्ट्रियालाई हराएर उच्च मनोबलमा रहेको स्पेनको सामना गर्नेछ ।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  ६ : ५५ बजे

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

आईपीयू महासभामा जानेबारे सभामुखद्वारा राष्ट्रपतिलाई जानकारी

काठमाडौं– सभामुख डोल प्रसाद (डीपी) अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार

कानून सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्न खोज्दैछौँ : मन्त्री लम्साल

काठमाडौं– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विद्यमान कानून सुधारमार्फत विकास र

अर्थमन्त्रीको दाबी : इतिहासमै वर्तमान सरकार सबैभन्दा बढी निजी क्षेत्र-मैत्री छ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालको इतिहासमै वर्तमान सरकार सबैभन्दा