मुहानमा बाढी पसेपछि मेलम्चीको पानी आपूर्ति बन्द « Khabarhub

मुहानमा बाढी पसेपछि मेलम्चीको पानी आपूर्ति बन्द


१९ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा बाढी पसेर पानी अत्यधिक धमिलो बनेपछि काठमाडौं उपत्यकामा मेलम्चीको खानेपानी आपूर्ति आजदेखि अस्थायी रूपमा बन्द गरिएको छ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रवक्ता वीरबहादुर चन्दका अनुसार मुहानमा पानीको धमिलोपन अत्यधिक बढेपछि प्रशोधन प्रक्रिया प्रभावित भएको छ। त्यसका कारण मेलम्चीबाट सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पानीको प्रवाह अस्थायी रूपमा रोकिएको उहाँले जानकारी दिनुभयो।

प्रवक्ता चन्दले मुहानको पानीको गुणस्तरमा सुधार आएपछि पुनः प्रशोधन प्रक्रिया सञ्चालन गरी पूर्वनिर्धारित वितरण तालिकाअनुसार उपत्यकामा पानी आपूर्ति सुरु गरिने बताउनुभयो।

उहाँका अनुसार निरन्तर वर्षा भइरहेमा मुहानको पानी सफा हुन समय लाग्न सक्ने भएकाले काठमाडौँ उपत्यकामा नियमित खानेपानी आपूर्ति पुनः सञ्चालन हुन केही समय लाग्न सक्नेछ।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  ९ : ४६ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको