विश्वकप फुटबल : अल्जेरियाविरुद्ध स्विट्जरल्यान्डको २-० को अग्रता « Khabarhub

विश्वकप फुटबल : अल्जेरियाविरुद्ध स्विट्जरल्यान्डको २-० को अग्रता


१९ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकपको अन्तिम ३२ को खेलमा स्विट्जरल्यान्डले अल्जेरियाविरुद्ध २–० को अग्रता बनाएको छ । खेलको सुरुवातमै रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै स्विट्जरल्यान्डले खेलमा पकड जमाएको हो ।

खेलको १० औँ मिनेटमा जे डब्लू मान्जाम्बीको पासलाई सदुपयोग गर्दै ब्रिल एम्बोलोले उत्कृष्ट गोल गरेर स्विट्जरल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछिका समयमा दुवै टोलीबीच कडा प्रतिस्पर्धा भयो । दोस्रो हाफको पहिलो मिनेट अर्थात् खेलको ४६ मिनेटमा स्विट्जरल्यान्डका लागि डान एनडोये दोस्रो गोल गरेका हुन् ।

स्विट्जरल्यान्डले आफ्नो रणनीति र रक्षापंक्ति चुस्त राख्दै काउन्टर अट्याकमा उत्कृष्ट खेल प्रदर्शन गरिरहेको छ, जसका कारण अल्जेरियाली टोली निकै दबाबमा देखिएको छ ।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  ९ : ५१ बजे

नेपाली यु–१९ महिला क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौँ- नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’ विश्वकपको

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौँ- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता