विश्वकप फुटबल : अल्जेरियाविरुद्ध स्विट्जरल्यान्डको २-० को अग्रता « Khabarhub

विश्वकप फुटबल : अल्जेरियाविरुद्ध स्विट्जरल्यान्डको २-० को अग्रता


१९ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकपको अन्तिम ३२ को खेलमा स्विट्जरल्यान्डले अल्जेरियाविरुद्ध २–० को अग्रता बनाएको छ । खेलको सुरुवातमै रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै स्विट्जरल्यान्डले खेलमा पकड जमाएको हो ।

खेलको १० औँ मिनेटमा जे डब्लू मान्जाम्बीको पासलाई सदुपयोग गर्दै ब्रिल एम्बोलोले उत्कृष्ट गोल गरेर स्विट्जरल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछिका समयमा दुवै टोलीबीच कडा प्रतिस्पर्धा भयो । दोस्रो हाफको पहिलो मिनेट अर्थात् खेलको ४६ मिनेटमा स्विट्जरल्यान्डका लागि डान एनडोये दोस्रो गोल गरेका हुन् ।

स्विट्जरल्यान्डले आफ्नो रणनीति र रक्षापंक्ति चुस्त राख्दै काउन्टर अट्याकमा उत्कृष्ट खेल प्रदर्शन गरिरहेको छ, जसका कारण अल्जेरियाली टोली निकै दबाबमा देखिएको छ ।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  ९ : ५१ बजे

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

आईपीयू महासभामा जानेबारे सभामुखद्वारा राष्ट्रपतिलाई जानकारी

काठमाडौं– सभामुख डोल प्रसाद (डीपी) अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार

कानून सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्न खोज्दैछौँ : मन्त्री लम्साल

काठमाडौं– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विद्यमान कानून सुधारमार्फत विकास र

अर्थमन्त्रीको दाबी : इतिहासमै वर्तमान सरकार सबैभन्दा बढी निजी क्षेत्र-मैत्री छ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालको इतिहासमै वर्तमान सरकार सबैभन्दा