२० घण्टा बितिसक्दा पनि सरकारले कर्णालीमा बेपत्ता नागरिकको उद्धार गर्न सकेन : ज्ञानेन्द्र शाही « Khabarhub

२० घण्टा बितिसक्दा पनि सरकारले कर्णालीमा बेपत्ता नागरिकको उद्धार गर्न सकेन : ज्ञानेन्द्र शाही


१९ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले कर्णालीमा गाडीसहित बेपत्ता भएका नागरिकको उद्धारमा सरकार गम्भीर नभएको आरोप लगाएका छन् ।

उनले विपद् व्यवस्थापन तथा उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राख्ने दाबी गरेको सरकारले कर्णालीमा भएको घटनामा झण्डै २० घण्टा बितिसक्दा समेत उद्धारका लागि हेलिकप्टर परिचालन गर्न नसकेको बताएका हुन् ।

सामाजिक सञ्जालमार्फत शाहीले लेखेका छन्, ‘विपत् व्यवस्थापन र उद्धारका लागि हेलिकप्टर राख्छु भनेर संसदमा ठूला–ठूला गफ गर्ने सरकार, कर्णालीमा गाडीसहित बेपत्ता भएका नागरिकको उद्धारमा भने झण्डै २० घण्टा बितिसक्दा पनि हेलिकप्टर पठाउन सकेको छैन ।’

शाहीले संकटका बेला नागरिकको ज्यानभन्दा ठूलो कुनै प्राथमिकता नहुने उल्लेख गर्दै पीडित परिवार आफ्ना आफन्तको सकुशल उद्धारको आशामा रातभर जागा बस्न बाध्य भएको, तर अझै राज्यको उपस्थितिको अनुभूति हुन नसकेको टिप्पणी गरेका छन् ।

उनले विपद् व्यवस्थापनका नाममा गरिएका प्रतिबद्धता भाषण र घोषणामै सीमित भए त्यसको कुनै अर्थ नरहने उल्लेख गर्दै यस्तो संवेदनशील अवस्थामा राज्यले आफ्नो सम्पूर्ण संयन्त्र तत्काल परिचालन गरी उद्धार कार्यलाई तीव्र बनाउनुपर्ने बताएका छन् ।

सांसद शाहीले प्रत्येक क्षण अमूल्य हुने र ढिलो भएको हरेक मिनेटले कसैको जीवनसँग प्रतिस्पर्धा गरिरहेको भन्दै सरकारलाई तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेका छन् ।

उनले सरकारसँग राजनीति होइन, मानवताको पक्षमा उभिन आग्रह गर्दै उद्धार कार्यमा कुनै ढिलाइ नगरी आवश्यक सबै स्रोत–साधन तत्काल परिचालन गर्न माग गरेका छन् ।

उनले भने, ‘सरकारसँग हार्दिक आग्रह छ-राजनीति होइन, मानवताको पक्षमा उभिनुहोस् । उद्धार कार्यमा कुनै ढिलाइ नगरी आवश्यक सबै स्रोत–साधन तत्काल परिचालन गर्नुहोस् ।’

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  १२ : १२ बजे

काठमाडौँ उपत्यकामा गाईजात्राको रौनक (तस्बिरहरू)

काठमाडौँ– परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजदेखि सुरु भएको छ ।

त्रिविका पदाधिकारी तथा कर्मचारीले दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका

त्रिशूलीले बगाएर ल्याएको बैंकको भल्ट फोडेर रकम निकाल्ने २९ जना पक्राउ

धादिङ– त्रिशूली नदीले बगाएर ल्याएको बैंकको सेफ (भल्ट) फोडेर रकम

रसुवा बाढी : ६१६ शव फेला, २ हजार ३०१ जनाको उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी

राहतमा दोहोरोपन रोक्न काठमाडौँ प्रशासनको एकद्वार प्रणाली

काठमाडौँ– काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका