स्वास्थ्य बीमा बोर्डद्वारा सेवा प्रदायक संस्थालाई उपचार सेवा नरोक्न आग्रह  « Khabarhub

स्वास्थ्य बीमा बोर्डद्वारा सेवा प्रदायक संस्थालाई उपचार सेवा नरोक्न आग्रह 


१९ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले बीमित नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन कुनै अवरोध नगर्न सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई आग्रह गरेको छ । 

बोर्डले एक प्रेस विज्ञप्ति जारी गर्दै सीमित स्रोतसाधन तथा संरचनागत चुनौतीका बाबजुद स्वास्थ्य बीमा कार्यक्रममार्फत दैनिक हजारौं नागरिकले स्वास्थ्य सेवा प्राप्त गरिरहेको जनाएको छ ।

विज्ञप्तिअनुसार स्वास्थ्य बीमा कार्यक्रमले नागरिकले उपचारका क्रममा आफ्नै खल्तीबाट व्यहोर्नुपर्ने खर्च घटाई वित्तीय जोखिमबाट संरक्षण प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ ।

तर कार्यक्रमको दिगो वित्तीय स्रोत तथा संयन्त्र पूर्ण रूपमा स्थापित हुन नसक्दा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको दाबी भुक्तानी समयमा हुन नसकेको बोर्डले स्वीकार गरेको छ ।

बोर्डका अनुसार चालु आर्थिक वर्षमा विभिन्न मितिमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई कुल २३ अर्ब ४४ करोड २ लाख ९८ हजार १६ रुपैयाँ भुक्तानी गरिएको छ । 

उक्त भुक्तानीसँगै २०८२ साल मंसिर मसान्तसम्मका सम्पूर्ण दाबी भुक्तानी फर्छ्योट भइसकेको बोर्डले जनाएको छ ।

यस्तै, २०८२ मंसिरपछिका दाबी भुक्तानीका लागि आवश्यक बजेट व्यवस्थापन तथा दिगो वित्तीय स्रोत सुनिश्चित गर्न सम्बन्धित निकायसँग समन्वय र पहल निरन्तर भइरहेको बोर्डले स्पष्ट पारेको छ ।

स्वास्थ्य बीमा बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई बीमित सेवाग्राहीको उपचार सेवामा कुनै प्रकारको अवरोध वा कठिनाइ सिर्जना नगरी स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत निर्धारित मापदण्डअनुसार निरन्तर गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन अनुरोध गरेको छ ।

साथै, बीमित सेवाग्राहीलाई स्वास्थ्य बीमा सेवाको जिम्मेवार र सदुपयोग गर्न, अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न तथा चिकित्सक र स्वास्थ्यकर्मीलाई आवश्यकता भन्दा बढी परीक्षण वा उपचारका लागि दबाब नदिन समेत बोर्डले आग्रह गरेको छ । 

स्वास्थ्य बीमा कार्यक्रमको दिगोपना र प्रभावकारिता कायम राख्न सबै पक्षको सहकार्य आवश्यक रहेको बोर्डको भनाइ छ ।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  १२ : ३० बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि