नाटोप्रति ट्रम्पको असन्तुष्टि « Khabarhub

नाटोप्रति ट्रम्पको असन्तुष्टि


१९ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटोसँग अमेरिकाको वर्तमान सम्बन्धलाई ‘एकतर्फी’ र ‘हास्यास्पद’ भएको टिप्पणी गर्दै यसलाई यथावत् कायम राख्न नसकिने बताएका छन् । 

टर्कीको राजधानी अंकारामा जुलाई ७–८ मा हुने नाटो शिखर सम्मेलनअघि उनको यो अभिव्यक्तिलाई गठबन्धनभित्रको बढ्दो मतभेदका रूपमा हेरिएको छ ।

ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’ सामाजिक सञ्जालमार्फत नाटोसँग अमेरिकाको सम्बन्ध पारस्परिक नभएको दाबी गर्दै ‘उनीहरू हाम्रो पक्षमा उभिएका थिएनन्’ भन्ने टिप्पणी गरे। उनले अमेरिकाले गठबन्धनमा अन्य सदस्य राष्ट्रहरूको तुलनामा अत्यधिक आर्थिक तथा सैनिक दायित्व वहन गरिरहेको उल्लेख गर्दै रक्षा खर्चसम्बन्धी तथ्यांकसमेत सार्वजनिक गरेका थिए ।

विशेषगरी इरानसँगको युद्धका क्रममा धेरै युरोपेली मुलुकहरूले अमेरिकी सेनालाई आफ्ना सैन्य आधार प्रयोग गर्न नदिएको विषयमा ट्रम्पले बारम्बार असन्तुष्टि व्यक्त गर्दै आएका छन् । उनले युरोपेली राष्ट्रहरूले आफ्नै सुरक्षाको जिम्मेवारी बढी वहन गर्नुपर्ने धारणा दोहोर्‍याउँदै अमेरिकाले आफ्ना सुरक्षा प्रतिबद्धता क्रमशः घटाउने संकेत पनि दिए ।

ट्रम्पको निरन्तर दबाबपछि गत वर्ष नाटो सदस्य राष्ट्रहरूले सन् २०३५ भित्र रक्षा खर्चलाई कुल गार्हस्थ्य उत्पादन ९जिडिपी० को पाँच प्रतिशतसम्म पुर्‍याउने सहमति गरेका थिए ।

सन् १९४९ मा स्थापना भएको नाटोलाई अमेरिकाको नेतृत्वमा रहेको प्रमुख रक्षा गठबन्धनका रूपमा लिइन्छ । युरोपमा स्थिरता कायम राख्न, तत्कालीन सोभियत सङ्घको प्रभाव नियन्त्रण गर्न तथा अमेरिकाको विश्वव्यापी रणनीतिक प्रभाव विस्तार गर्न यस गठबन्धनले महत्त्वपूर्ण भूमिका खेलेको मानिन्छ ।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  १२ : ३५ बजे

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार

काठमाडाैं – गत बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको भीषण

बाढीपछि चीनतर्फ हराइरहेका ९८ नेपालीको नाम सार्वजनिक (सूचीसहित)

काठमाडौं- गत बुधबार भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीको प्रभाव नेपालमा