हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण « Khabarhub

हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण


१९ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राँझा– यहाँस्थित डिभिजन वन कार्यालयले जिल्लामा हरियाली प्रवर्द्धन गर्न विभिन्न प्रजातिका छ लाख बिरुवा किसानलाई निःशुल्क वितरण थालेको छ । 

चालु आर्थिक वर्षमा विभिन्न प्रजातिका कुल छ लाख ७८ हजार १७२ बिरुवा उत्पादन गरी वितरण थालिएको उक्त कार्यालयका वरिष्ठ डिभिजनल वन अधिकृत शंकरप्रसाद गुप्ताले राससलाई जानकारी दिए । 

यो वर्ष एकवर्षीय पाँच लाख ८८ हजार ८७२ र बहुवर्षीय ८९ हजार ३०० बिरुवा उत्पादन गरिएका तथा हिजोदेखि किसानलाई वितरण सुरु गरिएको जानकारी दिँदै उनले  सागवान, मसला, बकाइनो, इपिल, गोल्डमोहर, शीतलचिनी, खयर, सिसौ, अम्बा, सेतो शिरीष, सिमल, वीरेन्द्रफूल, छतिवन, एकासिया अधिक हुर्काइएका बताए। 

अमला, छतिवन, जामुन, पारिजात, सतिसाल, कालो शिरीष, कागती, श्रीखण्ड, कनकचम्पा, राजवृक्ष, अम्बा, अर्जुन, वीरेन्द्रफूल, धुपी, रिठा, कपुर, सिमल, कुसुम, निलमफूल र एकासियालगायतका बिरुवा पनि नर्सरीमा हुर्किका छन् । 

किसानलाई निःशुल्क वितरण थालिएका बिरुवामा काष्ठजन्य, गैरकाष्ठ, फलफूल तथा सजावटका छन् ।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  १ : २९ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको